|

समाचार

सिटी लिगको दोश्रो स्थानमा मेची उक्लियो

सिटी लिगको दोश्रो स्थानमा मेची उक्लियो
मेचीनगर,बैशाख २४।
मेची नेत्रालय काँकरभिट्टा सिटी लिग कम नक आउट फुटबल प्रतियोगिता अन्तर्गत आईतवार आज भएकोे खेलमा मेची युवा प्रतिष्ठान क्लबले बर्मेली युवा क्लबलाई २ –० गोलले पराजित गरेको छ ।
 
काँकरभिट्टा माविको खेल मैदानमा भएको खेलमा मेची युवा प्रतिष्ठान क्लबले बर्मेली युवा क्लबलाई हराउँदै ३ अंक बटुल्न सफल भएको छ । सिटी लिगको दोश्रो स्थानमा मेची युवा प्रतिष्ठान क्लब उक्लिएको छ । मेचीले ३ खेलमा ६ अंक बटुलेको छ । भने ह्यापी क्लब दुई खेलमा ६ अंक सहित शीर्ष स्थान रहेको छ । 
 
काँकरभिट्टा फुटबल ट्रेनिङ सेन्टरको आयोजनामा सञ्चालित खेलको पहिलो हाफको ११ औ मिनेटमा मेचीका जिवन गुरुङले फ्याँकेको क्रस बललाई राजिब लोपच्यानले सदुयोग गरेका थिए । दोश्रो हाफको अतिरिक्त समयमा मेचीका राजिबले पुनः एक गोल गर्दै विजयी सुनिश्चत गरेका थिए । खेलको म्यान अफ दि म्याच मेचीका राजिब लोपच्यान घोषित भएका थिए ।
भोलि सोमवार नव दुर्गा क्लब र हेल राईडर क्लबबीच खेल हुने आयोजक क्लबका उपाध्यक्ष नवराज ओलीले बताउनुभयो  । 
 


यसमा तपाईको मत