|

समाचार

आत्महत्या रोक्न सकिन्छ : बिज्ञ

आत्महत्या रोक्न सकिन्छ : बिज्ञ
धुलाबारी, बैशाख २४ ।।
 
समाजको सकारात्मक सहयोग र परिवारको उचीत हेरचाह भएमा आत्महत्या रोक्न सकिने आज आयोजित कार्यक्रममा बिज्ञहरुले बताउनु भएको छ । अञ्चल प्रहरी कार्यालय मेचीको आयोजनामा झापाको धुलाबारीमा आज आयोजित आत्महत्या न्यूनिकरण अभियान अन्तरगतको कार्यशालामा बोल्दै लामो समयदेखी आत्महत्या न्यूनिकरण अभियान सञ्चालन गर्दै आउनु भएका अञ्चल प्रहरी कार्यालय मेचीका प्रमुख एसएसपी पिताम्बर अधिकारीले मानसिक रोगीहरु नै आत्महत्याको बढी जोखिममा पर्ने भएकाले उनीहरुका लागि परिवारको हेरचाह तथा समाजको सकारात्मक उत्साह भयो भने सभ्भावित आत्महत्या रोक्न सकिने बताउनु भयो । कार्यक्रममा प्रस्तुतीकरण गर्दै डा सन्दीप बर्माले समस्या भए पछि खुलेर मनको कुरा अरुलाई सुनाउन नसक्ने, समाजबाट अपहेलित भएको महशुस गर्ने तथा आर्थिक अवस्था कमजोर हुँदा त्यसबाट आउन सक्ने समस्या समाधान गर्न नसक्ने देख्ने ब्यक्तिहरु नै आत्महत्याको जोखिममा हुने गरेको बताउनु भयो । कार्यक्रममा सहभागी अर्का बिज्ञ डा सालिकराम भट्टराईले २६ देखी ४० बर्ष उमेर समुहका युवाहरु आत्महत्याको उच्च जोखिममा रहेको तथा रक्सी सेवन गर्ने ब्यत्तिहरु आत्महत्याका लागि प्रेरित हुने बताउनु भयो । डा भट्टराईले  रशायनिक बिषादीको प्रयोगलाई सहज बनाउँदा र धारिलो हतियार ब्यवस्थापनमा कमजोरी हुँदा पनि आत्महत्याका घट्ना हुने गरेको बताउनु भयो ।
बिश्वमा बार्षिक १० लाख मानिसले आत्महत्या गर्ने गरेको तथा नेपालमा बार्षिक ६ हजार ८ सय ४० जनाले आत्महत्या गर्ने गरेको अञ्चल प्रहरी प्रमुख पिताम्बर अधिकारीले तथ्याङ्ग प्रस्तुत गर्नु भयो । प्रहरी प्रमुख अधिकारीले प्रस्तुत गरेको तथ्याङ्गमा मेची अञ्चल अन्य क्षेत्र भन्दा आत्महत्याको दर बढी हुने क्षेत्रमा नै पर्ने र ईलाम जिल्ला सबै भन्दा बढी ६३ प्रतिशत आत्महत्या हुने र झापामा आत्महत्याको दर २९ प्रतिशत रहेको उल्लेख गरिएको छ । अञ्चल प्रहरी प्रमुख अधिकारीका अनुसार नेपालमा सबैभन्दा बढी ५९ प्रतिशत झुण्डीएर, ३० प्रतिशत बिषादीको सेवन गरेर, ९ प्रतिशत खोलामा हाम फालेर, १ प्रतिशत आगो लगाएर र गोली बारुदको प्रयोग गरेर १ प्रतिशतले आत्महत्या गर्ने गरेका छन । 
मेची उद्योग वाणिज्य संघको सभाहलमा सम्पन्न कार्यक्रम झापाका प्रमुख जिल्ला अधिकारी उत्तरकुमार खत्रीको प्रमुख अतिथ्यताको आशनबाट बोल्दै परिवार र समाज सकारात्मक ढंगबाट अगाडी बढ्ने हो भने आत्महत्या न्यूनीकरण गर्न सकिने बताउनु भयो । मेची उद्योग वाणिज्य संघका अध्यक्ष पंकज बिक्रम नेम्वाङ्गले स्वागत मन्तब्य राख्नु भएको कार्यक्रम चेतना नेपालका अध्यक्ष ईन्द्र ओलीको सञ्चालनमा सम्पन्न भएको थियो । 
 


यसमा तपाईको मत