|

समाचार

बैशाख २७ मा सिटी म्याराथुन

बैशाख २७ मा सिटी म्याराथुन
काकरभिट्टा, बैशाख २४ ।।
सामाजिक सञ्जाल फेसबुक ग्रुप मार्फत जोडिएका युवाहरुले स्वास्थ्य सम्बन्धी चेतना फैलाउने उद्धेश्यले सिटी म्याराथुन आयोजना गर्ने भएका छन । काकरभिट्टा केन्द्रीत रहेका युवाहरुले सञ्चालन गरेको फेसबुक ग्रुप हाम्रो नेपालको आयोजनामा बैशाख २७ गतेका दिन मेचीनगरको धुलाबारीदेखी काकरभिट्टा सम्म खुला दौडको आयोजना गरेका छन । स्वास्थ्यका लागि दौड भन्ने मुल नाराका साथ आयोजना गर्न लागिएको उक्त दौडलाई सिटी म्याराथुन नाम दिईएको कार्यक्रम संयोजक सुवास प्रसाईले आज आयोजित पत्रकार सम्मेलनमा जानकारी दिनु भयो । पुरुषका लागि ६ किलोमिटर र महिलाहरुलका लागि ५ किलोमिटरको दुरी तय गरिएको सिटी म्याराथुनमा बिजेता पुरुष तर्फ प्रथम हुनेलाई १० हजार, दोस्रो हुनेलाई ५ हजार र तेस्रो स्थान प्राप्त गर्नेलाई ३ हजार नगद सहित प्रमाण पत्र उपलब्ध गराउने र महिला तर्फ प्रथम हुनेले ७ हजार, दोस्रो हुनेले ४ हजार र तेस्रो हुनेले २ हजार नगद तथा प्रमाण पत्र प्राप्त गर्ने पत्रकार सम्मेलनमा आयोजक समितिका राकेश खवासले बताउनु भयो । जिल्ला खेलकुद बिकास समिति झापाका अध्यक्ष शंकर थापाको प्रमुख आतिथ्यतामा सम्पन्न पत्रकार सम्मेलनमा खेलकुद बिकास समिति झापाका पुर्व अध्यक्ष डिल्लीराम घिमिरे, क्षेत्रिय होटल ब्यवशायी संघका अध्यक्ष ललित तामाङ्ग र स्थानीय युवा अगुवा बालकृष्ण थापाले युवाहरुले गरेको सकारात्मक सोचका कामलाई खुलेरै सहयोग गर्ने बताउनु भएको थियो । पत्रकार सम्मेलन हाम्रो नेपालका सदस्य रोशन केसीको सञ्चालनमा सम्पन्न भएको थियो ।
 


यसमा तपाईको मत