|

समाचार

आइपिएलमा मुम्वई शिर्ष स्थानमा

आइपिएलमा मुम्वई शिर्ष स्थानमा
बैशाख ४ ।। इन्डियन प्रिमियर लिग (आइपिएल) क्रिकेट अन्तर्गत गएराति भएको खेलमा  आइतबार भएको पहिलो खेलमा मुम्बई इन्डियन्सले गुजरात लायन्सलाई ६ विकेटले पराजित गर्दै पुनः अंक तालिकामा शीर्ष स्थानमा फर्किएको छ।
 
५ खेलमध्ये ४ खेल जितेको मुम्बई ८ अंकका साथ शीर्ष स्थानमा रहेको छ। ४ खेलबाट ६ अंक रहेको कोलकता नाइट राइडर्स दोस्रो झरेको छ।
 
मुम्बईले घरेलु मैदानमा १७७ रनको लक्ष्य ३ बल अगावै ४ विकेट गुमाएर पुरा गरेको हो। पहिलो खेलमा पुनेसँग हारेयता मुम्बईको यो लगातार चौथो जित हो। 
 
मुम्बईलाई उक्त सफलता दिलाउने क्रममा नितिश रानाले अर्धशतकीय पारी खेल्दै सर्विधक ५३ रन बनाए। यस्तै कप्तान रोहित शर्माले नटआउट ४० रन बनाए। यसअघिका खेलमा दोहोरो अंक छुन नसकेका रोहितले गुजरात विरुद्ध २९ बल खेल्दै ३ चौका र १ छक्का प्रहार गरे। यस्तै किरण पोलार्डले ३९ तथा जोस बटलरले २६ रन जोडे।
 
बलिङमा गुजरातका आन्द्रे तयेले २ विकेट लिए। 
 
त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको गुजरातले निर्धा्रित २० ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनाएको थियो। गुजरातका लिग ब्रेण्डन म्याकुलमले सर्वा्धिक ६४ रन बनाए भने दिनेश कार्तिक ४८ रनमा नटआउट रहे। 
 
म्याकुलमले ४४ बल खेल्दै ६ चौका र ३ छक्का प्रहार गरे। बलिङमा मुम्बईका मिचेल म्याकलेघानले २ विकेट लिए। यस्तै हिजोनै भएको दोश्रो खेलमा  पुणेले रोयल च्यालेन्जर्स बैंग्लोरलाई २७ रनले हराएको हो ।
 
 १ सय ६२ रनको लक्ष्य पाएको बैंग्लोरलाई १ सय ३४ रनमा रोक्दै पुणे विजयी भएको हो । बैंग्लोरका एबिडी भिलियर्सले २९, कप्तान विराट कोहलीले २८ तथा स्टुआर्ट बिन्नी र केदार जाधवले समान १८ रन बनाए पनि हार टार्न सकेनन् । 
 
पुणेका   बेन स्टोक्स र शार्दुल ठाकुरले तीन तीन विकेट लिए । पहिले ब्याटिङ गरेको पुणेले २० ओभरमा ८ विकेट गुमाएर १ सय ६१ रन बनाएको थियो ।उसका राहुल त्रिपाठीले ३१, अजिन्क्या रहानेले ३०, महेन्द्रसिंह धोनीले २८ तथा स्टेभेन स्मिथ र मनोज तिवारीले समान २७ रन बनाएका थिए । तिवारीले ११ बलमा ३ चौका र २ छक्का सहित २७ रन जोडेका थिए ।
 
 पाँच खेलमा बैंग्लोरको यो चौथो हार हो । दुई अंकसहित बैंगोल पुछारमा छ । पाँच खेलबाट चार अंकसहित पुणे छैटौं स्थानमा छ ।
 


यसमा तपाईको मत