|

समाचार

प्रथम पूर्वाञ्चलस्तरीय फुटबलको उपाधि बिर्तामोडलाई

प्रथम पूर्वाञ्चलस्तरीय फुटबलको उपाधि बिर्तामोडलाई
बैशाख ३ ।। झापाको लखनपुरमा सम्पन्न प्रथम पूर्वाञ्चलस्तरीय फुटबल प्रतियोगिताको उपाधि बिर्तामोड युनाईटेड क्लबले हात पारेको छ । आइतवार  भएको फाईनल खेलमा लखनपुर ११ लाई सडनडेथमा ४­­–३ को गोल अन्तरले पराजित गर्दै बिर्तामोडले उपाधि हात पारेको हो ।
 
स्थानीय नन्द–चन्द्रकुमारी आङ्देम्बे स्मृति प्रतिष्ठानको आयोजनामा भएको खेलमा दुबै टोलिले एक–एक गोल गरे पछि खेल ट्राईब्रेकरमा धकेलिएको थियो । ट्राईब्रेकरमा समेत खेल बराबरी भएपछि सडनडेथबाट निर्णय लिनु परेको थियो ।
 
सडनदेथमा लखनपुरका   गोलरक्षक किशोर गिरीले प्रशार गरेको पल बाहिरिएपछि बिर्तामोडले उपाधि उचालेको हो । खेलमा अग्रता भने लखनपुरले लिएको थियो खेलको ६७ औँ लखनपुरका लागि रञ्जित श्रेष्ठले गोल गरेका थिए । त्यस लगतै बिर्तामोडका लागि खेलको राज पौडेलले खेलको ७८ औँ मिनेटमा गोल फर्काएको थियो । आइतवारको खेलको म्यान अफ द म्याच बिर्तामोडका गोल रक्षक विशाल मुखिया भए । उनले नगद ३ हजार पाए ।
 
यस्तै बिर्तामोडका कप्तान योगेश गुरुङ्ग प्रतियोगिताका उत्कृष्ठ खेलाडी घोषित भए । उनले नगद  ५ हजार प्राप्त गरे जित संगै बिर्तामोडले नगद १ लाख १ हजार १ सय ११ रुपैँया हात पार्यो भने उपबिजेता बनेको लखनपुरले नगद ५० हजार मेडल ट्रफि र प्रमाणपत्र हात पार्यो । यसैबीच यस अघि आजनै भएको नेपाल पत्रकार महासंघ झापा र कलाकार ११ बीचको खेलमा कलाकारले जित हासिल गरेको छ । उसले पत्रकारलाईरलाई २–१ गोल अन्तरले पराजित गर्दै बिजय हासिल गरेको हो ।


यसमा तपाईको मत