|

समाचार

ध्यान केन्द्रका लागि ७५ लाखको जग्गा दान

ध्यान केन्द्रका लागि ७५ लाखको जग्गा दान
धुलाबारी, चैत २२ ।।
नेपाली काँग्रेस केन्द्रीय सदस्य बिश्वप्रकाश शर्मा र राज्यप्रकाश शर्माले ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रलाई ५ कठ्ठा जग्गा दान गर्नु भएको छ । जग्गा हस्तान्तरणका लागि आयोजीत संक्षिप्त कार्यक्रमका बीच शर्मा परिवारका तर्फबाट बिश्वप्रकाश शर्मा, राज्यप्रकाश शर्मा र कबिता शर्माले उक्त जग्गाको धनीपुर्जा ब्रम्हाकुमारी राजयोग सेवा केन्द्रकी पुर्वाञ्चल मुख्य सञ्चालिका गिता दिदि र धुलाबारी केन्द्रकी मुख्य सञ्चालिका अनिसा दिदिलाई संयुक्त रुपमा हस्तान्तरण गर्नु भएको थियो । मेचीनगर वार्ड नं. ९ मा रहेको उक्त जग्गामा सेवा केन्द्रले सुबिधा सम्पन्न ध्यान केन्द्र निर्माण गर्ने अनिसा दिदिले बताउनु भयो । अहिलेको चलनचल्तीमा ७५ लाख मुल्य पर्ने जग्गा आफ्ना बुवा आमाको स्मृतिमा दान गरेको बिश्वप्रकाश शर्माले बताउनु भयो । हस्तान्तरण कार्यक्रममा शर्मा सहित ब्रम्हाकुमारी  अनिसा दिदि, गिता दिदि र ब्रम्हाकुमार तुलशी उप्रेतीले बोल्नु भएको थियो । 
 


यसमा तपाईको मत