|

समाचार

भेट्रान फुटबल टुर्नामेन्टको खेलमा काकरभिट्टा विजयी

धुलाबारी , चैत १८ ।।। इन्डो नेपाल भेट्रान फुटबल टुर्नामेन्टको तेश्रो दिनको खेलमा काकरभिट्टा भेट्रान फुटबल क्लव विजयी भएको छ ।
 
धुलाबारीस्थित कोलेनीकाको खेल मैदानमा आज भएको खेलमा काकरभिट्टा भेट्रान फुटबल क्लवले विर्तामोड एफसी भेट्रान फुटबल क्लवलाई ३–० गोल अन्तरले पराजित गरेको छ ।
 
खेलको पूर्वाद्धको ४ औ मिनेटमा काकरभिट्टाका निमा लामाले गोल गरेका थिए । खेलको १२ औ  र २७ औ मिनेटमा काकरभिट्टाकै रमेश बस्नेतले २ गोल गरेका थिए । खेलको म्यान अफ दी म्याच विजेता टिमका रमेश बस्नेत घोषित भए ।
 
धुलाबारी भेट्रान फुटबल क्लवको आयोजनामा सञ्चालित उक्त प्रतियोगिताको विजेताले ५० हजार र उप विजेताले ३० हजारसहित ट्रफि र प्रमाण पत्र प्राप्त गर्ने छन् । भोलिको खेल  बिर्तामोड युनाईटेड भेट्रान फुटबल क्लब र चारआली भेट्रान फुटबल क्लब बिच हुने भएको आयोजकले बताएको छ ।


यसमा तपाईको मत