|

समाचार

क्षेत्र स्तरीय सेन्ट्री कप नकाउट क्रिकेट प्रतियोगिता शुरु

 क्षेत्र स्तरीय सेन्ट्री कप नकाउट क्रिकेट प्रतियोगिता  शुरु
मेचीनगर 
चैत ११ । सेन्टरी टोल विकास संस्थाको आयोजना तथा इलेभेन एरोज क्रिकेट क्लबको संयोजनामा क्षेत्र स्तरीय सेन्ट्री कप नकाउट क्रिकेट प्रतियोगिता शुक्रवारबाट शुरु भएको छ ।
 
स्थानीय मेची विद्योदय प्राविका खेल मैदानमा भएको उद्घाटन खेलमा बाहुनडाँगी ब्वाइजले जित सुरुवात गरेको छ । बाहुनडाँगीले ड्रयागन ११ खुटेडाँगीलाई २० रनले जित हाँसिल गर्दै दोस्रो चरणमा प्रवेश गरेको हो ।  बाहुनडाँगीले टस जितेर व्याटिङ रोजेको थियो । खुट्टेडाँगीले बलिङ गरेको खेलमा बाहुनडाँगीले १ सय ७५ तार्केट दिएको थियो । बाहुनडाँगीले खुटेडाँगीलाई १ सय ५४ रनमा खुम्च्याउँदै आफ्नो नाममा जित दर्ता गरेको हो । खेलका म्यान अफ द म्याच बाहुनडाँगीका प्रसान्त कोइरालाले सर्वाधिक ४७ रनको योगदान दिएका थिए । खुटे्टेडाँगीका कमल ओझाले ५४ रनको योगदान गरेका थिए ।
 
शनिवारको ३ वटा खेल हुने आयोजकका राजेश किसानले बताए । पहिलो खेल किराँत व्रिmकेट क्लब दुधेका विरुद्ध प्रतिभा परिवार, दोस्रो खेल फाइव स्टार युथ क्लब बाहुनडाँगीका विरुद्ध आयोजक ए तथा तेस्रो खेल बौद्धमोड युथ क्लबका विरुद्ध इटाभट्टा टाइटन्सबिच हुने खेलका संयोजक खगेन्द्र लम्सालले बताए ।
 
टोल विकास संस्थाका अध्यक्ष गिरीराज धमलाको सभापतित्व तथा मेचीनगर नगरपालिकाका सामाजिक अधिकृत अनन्तपकाश वस्तीको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यव्रmममा स्थानीय समाजसेवी विष्णु गिरी, कुलदिप गिरी, युवा नेता बालकृष्ण ढुङ्गाना, टिकाराम धमलालगायतको उपस्थिति रहेको थियो । प्रेम लिम्बूले स्वागत गरेको कार्यव्रmमको सञ्चालन राजिप गिरीले गरेका थिए ।


यसमा तपाईको मत