|

समाचार

बार्सिलोना भर्सेस रियल मड्रिड र म्यानचेस्टर डर्बी अमेरिकामा

बार्सिलोना भर्सेस रियल मड्रिड र म्यानचेस्टर डर्बी अमेरिकामा

चैत ९ – आउँदो सिजन अघि हुने मैत्रीपूर्ण म्यानचेस्टर डर्बी अमेरिकामा हुने भएको छ । आउँदो जुलाई २० मा अन्तर्राष्ट्रिय च्याम्पियन्स कप अन्तर्गत मैत्रीपूर्ण खेलमा म्यानचेस्टर युनाइटेड र म्यानचेस्टर सिटीले अमेरिकी शहरमा खेल्ने तय भएको छ । तर कुन रंगशालमा खेल हुने भन्ने अहिलेसम्म तय भएको छैन । यो बेलायत बाहिर खेलिएको पहिलो म्यानचेस्टर डर्बी हुनेछ ।

गएको वर्षको जुलाईमा चीनको बर्ड नेष्ट रंगशालमा म्यानचेस्टर डर्बी हुने तय भएको थियो । तर ठूलो पानी परेका कारण खेल रोकिएको थियो । यसले गर्दा आउँदो जुलाईमा अमेरिकामा हुने डर्बी बेलायत बाहिरको पहिलो म्यानचेस्टर डर्बी हुनेछ । सन् २०१४ मा मिसिगनमा भएको म्यानचेस्टर युनाइटेड र रियल मड्रिडबिचको खेल एक लाख भन्दा धेरै दर्शकले रंगशालामै पुगेर हेरेका थिए । म्यानचेस्टर सिटीले २६ जुलाईमा रियल मड्रिड तथा २९ जुलाईमा टोटनह्यामसँग पनि खेल्ने छ । यस्तै स्पेन बाहिर दोस्रो पटक इएल क्लासिको हुने भएको छ ।

आउँदो जुलाई २९ मा ला लिगा क्लब बार्सिलोना र रियल मड्रिडबिच मायामीमा मैत्रीपूर्ण खेल हुनेछ । यसअघि सन् १९८२ मा भेनेजुएलामा पहिलो इएल क्लासिको भएको थियो । रियल मड्रिडले त्यसअघि २३ जुलाईमा म्यानचेस्टर युनाइटेडसँग खेल्ने छ । यस्तै बार्सिलोनाले २६ जुलाईमा युनाइटेडसँग खेल्ने छ । 



यसमा तपाईको मत