|

समाचार

८ मुस्लिम मुलुकबाट विमानमा ठूला इलेक्ट्रोनिक सामग्री लैजान अमेरिकाको प्रतिबन्ध

८ मुस्लिम मुलुकबाट विमानमा ठूला इलेक्ट्रोनिक सामग्री लैजान अमेरिकाको प्रतिबन्ध
काठमाडौं, चैत ९ । अमेरिकाले ८ बहुल मुस्लिम मुलुकबाट यात्रीबाहक विमानमा ठूला इलेक्ट्रोनिक सामग्री लैजान प्रतिबन्ध लगाएको छ । यो निर्णय विभिन्न १० ओटा विमानस्थल रोयल जोर्डन, इजिप्ट एअर, टर्किस एअरलाइन्स, साउदी अरबियन एअरलाइन्स, कुबेत एअरवेज, इमाइरेट्स, इत्त्तिहाद एअरवेजमा लागू गरिनेछ ।
 
प्रतिबन्ध लगाइएका सामग्री मोबाइल फोन र स्मार्टफोनभन्दा ठूला सामग्रीमा रहनेछन् । प्रतिबन्धको समयसीमा भने केही उल्लेख गरिएको छैन । अमेरिकी होमल्यान्ड सेक्युरिटी विभागले अतिवादीहरुले नयाँ–नयाँ तरिकाबाट विमान खसाल्ने योजना बनाउन खोजिरहेको जनाएको छ । अमेरिकी सरकार आतंकवादीहरुप्रति सचेत रहेको बताइएको छ । ल्यापटफ, ट्याब्लेट, क्यामरा, डीभीडी प्लेयर, इलेक्ट्रोनिक गेमहरुमा बम लुगाउनसक्ने होमल्यान्ड सेक्युरिटी विभागले उल्लेख गरेको छ । (एजेन्सी)


यसमा तपाईको मत