|

समाचार

काकरभिट्टा गोल्डकपको नाफा ७ लाख

काकरभिट्टा, चैत ७ ।
मेची नेत्रालय काँकरभिट्टा गोल्ड कप २०७३ दोस्रो संस्करणको आय ब्यय विवरण सोमबार सार्वजनिक गरिएको छ । काँकरभिट्टा फुटबल टे«निङ सेन्टरले गत पुस १६ देखि २३ गतेसम्म काँकरभिट्टा माविको खेल   मैदानमा सञ्चालन गरेको प्रतियोगिताको आय ब्यय पत्रकार सम्मेलनमार्फत सार्वजनिक गरिएको हो ।
 
प्रतियोगिता आयोजक सेन्टरको कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा सेन्टरका कोषाध्यक्ष पेमा नोबु   शेर्पाले कुल ३९ लाख २३ हजार ४ सय ६३ रुपैयाँ आय र ३१ लाख ८७ हजार ८० रुपैयाँको ब्यय प्रस्तुत  गरेका छन् । कोषाध्यक्ष शेर्पाद्धारा प्रस्तुत आय ब्यय प्रतिवेदनमा ७ लाख ३६ हजार ३ सय ८३ रुपैयाँ बचत रहेको उल्लेख छ  । सो रकम सेन्टरले प्रत्येक वर्ष आयोजना गर्दै आएको सिटी लिग फुटबल प्रतियोगिता, अन्तर मावि स्तरीय, वडा स्तरीय प्रतियोगिता  र सेन्टरले उत्पादन गरेका साना खेलाडीहरुलाई खेलकुद सामग्री खरिदमा खर्च हुने सेन्टरका अध्यक्ष मीनबहादुर बस्नेतले बताउनुभयो ।
 
उहाका अनुसार सेन्टरले आउँदो तेस्रो   गोल्ड कप प्रतियोगिताको पुरस्कार राशी वृद्धि गरी प्रतियोगितालाई थप ब्यवस्थित रुपमा आयोजना गरिनेछ । सम्मेलनमा प्रतियोगिता सहयोग समितिका सदस्य राजु कार्की, मेची फुटबल क्लवका कोषाध्यक्ष कर्णबहादुर थापा र एन्फा प्रशिक्षक दीपक कार्कीको उपस्थिति रहेको थियो । काँकरभिट्टा भेट्रान फुटबल क्लवका अध्यक्ष तथा प्रतियोगिता सहयोग समितिका सल्लाहकार संयोजक गंगालाल गुरुङले स्वागत गरेको कार्यक्रमको सञ्चालन सहयोग समिति सदस्य शेरबहादुर बस्नेत (सुन्दर) ले गर्नुभएको थियो ।


यसमा तपाईको मत