|

समाचार

बर्ने च्यालेन्जकपको उपाधि मुनामदन लाई ।

बर्ने च्यालेन्जकपको उपाधि मुनामदन लाई ।
शान्तिनगर, फागुन ३०।।।।  डाँगीबारी एफसीलाई सडन डेथमा पराजित गर्दै मुनामदन एकाडमीले झापाको शान्तिनगर–१ बर्नेमा जारी तेस्रो बर्ने यालेन्जकप नकआउट फुटबल प्रतियोगिताको उपाधी जितेको छ । आज भएको उपाधि भिडन्तमा निर्धारित समय सम्म दुबै टोलीले गोल रहिबराबरी खेलेपछि खेलको निर्णय ट्राइबेकरमा धकेलिएको थियो । तर ट्राइबेकरमा पनि दुबै तर्फबाट ४।४ गोलको बराबरी भएपछि खेलको निर्णय सडनडेथबाट लिएको हो । सडनडेथमा मुनामदनले गोल गर्न सफल भयो भने विपक्षिको गोल प्रहार पोल माथी बाट बाहिर गएपछि मुनामदन तेस्रो बर्ने च्यालेन्जकप नकआउट फुटबल प्रतियोगिताको च्याम्पियन बनेको हो ।
 
 
च्याम्पियन बनेसँगै मुनामदनले ३२ हजार रुपँया, ट्रफी, मेडल र प्रमाण पत्र प्राप्त गरेको छ भने प्रतियोगीताको उपविजेता बनेको डाँगीबारी एफसी नगद २० हजार रुपयाँ, ट्रफी, मेडल र प्रमाण पत्रमा चिक्त बुझाउन बाध्य भयो । दुबै टिमलाई नगद सहित ट्रफी, मेडल र प्रमाण पत्र कार्यक्रमका प्रमुख अथिति जिल्ला खेलकुद विकास समितिका अध्यक्ष शंकर थापा र खेल आयोजक युनिटी युथ क्लबका अध्यक्ष डिल्ली माँबो लगायतले हस्तान्तराण गर्नुभएको थियो । प्रतियोगीताको उत्कृष्ट डिफेन्स मुनामदनका सुरेन्द्र थापा र उत्कृष्ट किपर डाँगीबारीका योगेश प्रसाईलाई कार्यक्रमका प्रमुख अथिति थापाले पुरस्कार र प्रमाण पत्र सहित सम्मान गर्नुभएको थियो ।
 
सोही खेल समापन कार्यक्रममा प्रथम पुरस्कार राशिका प्रायोजक मुनामदन एकाडेमी बर्नेका प्रिन्सिपल चेतन ढुङगेल र द्धिक्तिय पुरस्कार राशिका प्रायोजक लासेमा लोजिना कन्ट्रक्सन प्रालिका प्रोपाईटर लक्ष्मिप्रसाद माँबोलाई पनि प्रसंशा पत्र
सहित सम्मान गरिएको थियो ।
 
मुनामदनले धुलाबारी एफसीलाई टाईब्रेकरमा ४÷२ गोल अन्तरले हराउदै फाईनलमा पुगेको थियो भने डाँगीबारीले गोधुली एफसी चारआलीलाई ३÷१ ले हराउदै फाइनलमा आएको थियो । युनिटी युथ क्लबको आयोजनामा फागुन २१ गते देखि आयोजित प्रतियोगितामा झापा र इलामका गरी ८ वटा टोलीको सहभागिता रहेको थियो ।


यसमा तपाईको मत