|

समाचार

बैसाख ९ मा स्पोट्र्स अवार्ड

बैसाख ९ मा स्पोट्र्स अवार्ड
फागुन २५ । बिर्तामोड ।। झापामा पहिलो पटक हुन लागेको स्पोट्र्स अवार्ड कार्यक्रम बैसाख ९ गते हुने भएको छ । नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) झापाको आयोजनामा हुने अवार्ड समारोहको आज बसेको मञ्चको बैठकले मिति तय गरेको हो । बर्षभरीको उत्कृष्ट प्रदर्शनका आधारमा ४ विद्यामा अवार्ड प्रदान गरिने मञ्चका अध्यक्ष रमेश समदर्शी राईले जानकारी दिए । बर्ष उत्कृष्ट खेलाडी पुरुष, उत्कृष्ट खेलाडी महिला, बर्ष उत्कृष्ट यूवा खेलाडी र उत्कृष्ट प्रशिक्षकलाई अवार्ड दिईनेछ ।
 
बैठकले जील्लामा पहिलो पटक आयोजना गर्न लागिएको अवार्ड सम्पन्न गर्न तयारी तिव्र पार्ने निर्णय समेत गरेको छ । अवार्ड समारोह सम्पन्न गर्न विभिन्न उपसमितिहरु यसअघि नै गठन गरि सकिएको छ । प्रतिभा छनोट, आर्थीक र प्रचारप्रसार उपसमिति गठन गरी तयारी तिव्र पारिएको छ । 
 
यसअघी मञ्चले खेलाडी तथा प्रशिक्षकलाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न चार विधामा अवार्ड प्रदान गर्ने घोषणा गरेको थियो । पुरस्कार राशीको प्रायोजन एन्फाका केन्द्रीय सदस्य पङ्कज विक्रम नेम्बाङ्ले भाई स्वर्गिय आशिष विक्रम नेम्वाङको स्मृतिमा गर्नेछन । 


यसमा तपाईको मत