|

समाचार

इराकः मोसुलको सरकारी कार्यालय सेनाको नियन्त्रणमा

इराकः मोसुलको सरकारी कार्यालय सेनाको नियन्त्रणमा
फागुन २५ – इराकको सरकारी सेनाले बिद्रोही संगठन इस्लामिक स्टेट आइएसको कब्जामा रहेको मोसुलको मुख्य सरकारी कार्यालय आफ्नो नियन्त्रणमा लिएको छ । मोसुलमा इराकी सेनाले बिद्रोही विरुद्ध कारवाही अभियान चलाइरहेको छ ।घनाबस्ती रहेको ऐतिहासिक शहर मोसुल आफ्नो नियन्त्रणमा लिने प्रयासमा यो ठूलो सफलता रहेको सरकारी सेनाले जनाएको छ । मोसुलमा अहिले पनि बिद्रोही लडाकु छन् । हरेक दिन हजारौंको संख्यामा मोसुलका बासिन्दा शहर छोडेर जाने गरेका छन् । सरकारी सेनाले अहिले मोसुलको पश्चिमी क्षेत्रमा कारवाही अभियान चलाइरहेको हो । मोसुलको पूर्वी क्षेत्र सरकारी सेनाले गएको जनवरीमा आफ्नो नियन्त्रणमा लिएको थियो ।
 
 
मोसुल इराकमा आइएसको कब्जामा रहेको अन्तिम शहर हो । सरकारी सेनाले गएको फेब्रुअरी १८ देखि कारवाही अभियान सुरु गरेको हो । सोमबार राति अहिलेसम्मकै धेरै बम विस्फोट भएको र आफूहरु निकै त्रासमा रात बिताउन बाध्य भएको मोसुलका बासिन्दाले बताएका छन् ।
 
 
रातभरको प्रयासपछि सरकारी सेनाले सरकारी कार्यालयमा नियन्त्रण कायम गरेको हो । तर ति कार्यालयको भौतिक संरचनामा भने ठूलो क्षति पुगेको छ । मोसुल सन् २०१४ मा आइएसले कब्जामा लिएको थियो ।


यसमा तपाईको मत