|

समाचार

श्रीजंगामाथि सैनिकको जीत

श्रीजंगामाथि सैनिकको जीत
भद्रपुर फागुन २४ ।।।  झापाको सदरमुकाम भद्रपुरमा जारी जिल्लास्तरीय नकआउट फुटबल प्रतियोगिताअन्तर्गत मंगलबार भएको खेलमा सैनिक युथ क्लव सैनिकले श्रीजंगा क्लव पृथ्वीनगरमाथि  २ १ को जीत हात पारेको छ ।
 
भद्रपुर माविको खेल मैदानमा सम्पन्न खेलमा मध्यान्तरअघि सातौं मिनेटमा जर्सी नं ११  का आकाश गुरुले गरेको गोलबाट लिएको अग्रता मध्यान्तरपछि कायम राख्न नसक्दा श्रीजंगा पराजित भई घर फर्किएको हो ।
 
पहिलो हाफमा निकै आक्रामक देखिएको श्रीजंगाले दोस्रो हाफमा तालमेल मिलाउन नसक्दा दुई गोल खानु पर्यो । सैनिकका तर्फबाट दुबै गोल रञ्जित श्रेष्ठले गर्नु भएको थियो  । उहाले दोस्रो हाफको सातौं मिनेटमा गोल गर्दै टिमलाई बराबरीमा ल्याए भने १६ औं मिनेटमा पाएको पेनाल्टीलाई उनैले सदुपयोग गर्दै सैनिकलाई २ १ को विजय दिलाउनु भयो । विपक्षी टिमका कप्तान विकास राईले डिबक्सभित्र खराब ट्याकल गरेपछि सैनिकले पेनाल्टी हान्नृे मौका पाएको थियो । त्यही ट्याकलका लागि विकासले पहेंलो कार्ड पनि पाउनु भयो  । दुई गोल गरेर टिमलाई जीत दिलाएका रञ्जित म्यान अफ द म्याच घोषित हुनु भएको छ । उहालाई स्थानीय युवा व्यवसायी तथा पूर्व वक्सि खेलाडी संजीव घोषले म्यान अफ द म्याचको ट्फिी प्रदान गर्नु भयो ।
 
हरेक वर्ष प्रजातन्त्र दिवसको अवसर पारेर स्थानीय इलेभेन साइनि स्टार क्लवको आयोजनामा सञ्चालन हुने जिल्लास्तरीय यस प्रतियोगिताको यो १२ औं संस्करण हो । भद्रपुर नगरपालिकाका कार्यकारी अधिकृत काजीमान राईले आइतबार प्रतियोगिताको उद्घाटन गरेका थिए । जिल्लाका १२ वटा टिम सहभागी प्रतियोगिताको पहिलो खेल नेपाल प्रहरी रानीले जितेको थियो । उसले मुनाल क्लव चन्द्रगढीलाई २ ० ले पाखा लगाएको थियो भने सोमबार भएको खेलमा राजगढ फुटबल क्लवले जलथल फुटबल क्लवलाई २ ० ले नै पराजित गरेको प्रतियोगिताका व्यवस्थापक दिलीप भूइँमालीले जानकारी दिनु भयो । बुधबार सशस्त्र प्रहरी बल पकली र युनाइटेड क्लव विर्तामोडबीच प्रतिस्पर्धा हुने उहाले बताउनु भयो  ।
 
आगामी चैत ५ गते फाइनल खेल हुने प्रतियोगिताको विजेताले ४० हजार नगद पुरस्कारसहित ट्फी प्राप्त गर्नेछ भने उपविजेले २० हजार नगदसहित ट्फी प्राप्त गर्ने आयोजक क्लवका अध्यक्ष रविकुमार मुखियाले बताउनु भयो  । प्रतियोगिताको आर्थिक स्रोत चन्दाबाट जुटाइउको आयोजकले जनाएको छ । प्रतियोगितामा ६ लाखभन्दा बढी खर्च हुने मुखियाले बताउनु भयो  ।


यसमा तपाईको मत