|

समाचार

सुरुगांलाई पराजित गर्दै धुलाबारी सेमीफाइनलमा प्रबेश ।

शान्तिनगर फागुन २५ ।।।। झापाको शान्तिनगर– १ बर्नेमा जारी तेस्रो बर्ने च्यालेन्ज कप फुटबलमा आजबाट सेमिफाइनलका खेलहरु हुदै छन् । आज हुने पहिलो सेमीफाइनलमा धाइजनको गोधुली र डाँगीबारी एफसी भिडने आयोजकले जानकारी दिएको छ  ।
 
 
प्रतियोगिता अन्तर्गत हिजो भएको खेलमा  सुरुगां एफसीलाई पराजित गर्दै धुलाबारी एफसी सेमीफाइनलमा प्रबेश गरेको छ । हिजो दिउसो बर्ने चिया कमानको वर्कसपको मैदानमा भएको खेलमा सुरुगांलाई धुलाबारीले ४।१ ले पराजित गरेको हो । धुलाबारीलाई सेमीफाइनल प्रबेशका लागी पुजन उपरकोटीले ह्याट्रिक गर्नुभयो भने सुमन मेचेले एक गोल गर्नुभएको थियो । उता सुरुगांले उपहार स्परुप एक आत्मघाती गोलको उपहार पाएको थियो । 
 
युनिटी युथ क्लवको आयोजनामा जारी प्रतियोगिताको बिजेताले नगद ३२ हजार र उपबिजेता टोलीले नगद २० हजार ट्रफि, प्रमाण पत्र प्राप्त गर्ने आयोजक समितिका अध्यक्ष डिल्ली माँबोले जानकारी दिनुभयो । प्रतियोगीताको उपाधि भिडन्त यहि फागुन २९ गते हुने र सोहि अवसरमा विभिन्न साँस्कृतिक लगायत विभिन्न कार्यक्रम पनि हुने आयोजकले जनाएको छ ।


यसमा तपाईको मत