|

समाचार

सुडानमा भोकमारीको समस्या

सुडानमा भोकमारीको समस्या
 
फाल्गुन ९, २०७३- दक्षिण सुडानमा अनिकाल घोषणा गरिएको छ । पछिल्लो ६ वर्षमा कुनै देश अनिकालग्रस्त घोषणा गरिएको यो पहिलो पटक हो । 
 
सुडान सरकार र संयुक्त राष्ट्रसंघको तथ्यांकअनुसार करिब १ लाख मानिस अहिले भोकमरीको चपेटामा छन् र लाखौं अन्य नागरिकहरु यसको नजिक छन् । 
 
वर्षौसम्म चलेको गृहयुद्ध र अर्थतन्त्रमा आएको गिरावटलाई यसको कारक मानिएको छ । 
 
सुडान बाहेक यमन, सोमालिया र नाइजेरियामा पनि अनिकालको संकेतहरु देखिएको छ । 
 
अहिले सुडानको केही क्षेत्रमा मात्रै भोकमरी देखिए पनि तत्काल राहत पुर्‍याउन नसकिए यो अरु क्षेत्रमा पनि फैलने अन्तर्राष्ट्रिय संस्थाहरुले उल्लेख गरेका छन् । 
 
संयुक्त राष्ट्रसंघीय खाद्यान्न कार्यक्रम र यूनिसेफजस्ता अन्तर्राष्ट्रिय संस्थाहरुले करिब ५० लाख मानिसलाई तत्काल खाद्यान्न पुर्‍याउन आवश्यक भएको जनाएका छन् । यो संख्या दक्षिण सुडानको कूल जनसंख्याको ४० प्रतिशत हो । 
 


यसमा तपाईको मत