|

समाचार

क्यालिफोर्नियामा भीषण आँधीका कारण जनजीवन अस्तव्यस्त

 क्यालिफोर्नियामा भीषण आँधीका कारण जनजीवन अस्तव्यस्त
फागुन ७ । अमेरिकाको क्यालिफोर्नियामा आएको भीषण आँधीका कारण जनजीवन अस्तव्यस्त भएको छ । आँधीमा परी कम्तीमा दुईजनाको मृत्यु भएको छ । आँधीपछिको वर्षाका कारण विभिन्न स्थानमा बाढी आएको छ । लस एन्जेलस्मा सयौं घर खाली गरिएको छ । सहरको अन्तर्राष्ट्रिय विमानस्थलमा उडान प्रभावित भएको छ । विद्युत्सेवा अवरुद्ध भएको छ । यो आँधी पछिल्लो ६ वर्षयताकै बलियो भएको बताइएको छ । क्यालिफोर्नियामा पाँच वर्षयताको खडेरीपछि आएको वर्षाका कारण रित्तिएका रिजर्भायरहरु भने भरिएका छन् । (एजेन्सी)


यसमा तपाईको मत