|

समाचार

यस्तो हुनेछ कला साहित्य उत्सव

यस्तो हुनेछ कला साहित्य उत्सव
दामोदर ढुङ्गेल
 
काँकरभिट्टा र धुलाबारी क्षेत्रमा व्रिmयाशील युवाहरूले शनिवार बिहानको समयमा भेला भई समसामयिक विषय र आफूले पढेका पुस्तकहरूको बारेमा गरेको छलफल रिडर्स झापाको बिजविन्दु हो । सुरुवातमा ५÷६ जना युवाहरूको भेटघाट र छलफल गर्ने थलो नै अहिलेको ‘रिडर्स झापा’ भयो । पुस्तक किन्ने, साटेर पढ्ने तथा काँकरभिट्टामै रहेको सहकारी पुस्तकालयको सदस्य बनेर अध्ययन गर्ने कार्यले रिडर्स झापाका युवाहरूमा अध्ययन गर्ने बानीको विकास गर्दै लग्यो । पढेका कुराहरूका बारेमा आपसमा छलफल गर्ने कार्यले यसलाई सिकाइ केन्द्रको रूपमा विकास ग¥यो ।
 
रिडर्स झापा कला, साहित्य र सामाजिक जीवनका विविध विषयमा वैचारिक बहस गर्ने स्वतन्त्र फोरम हो । ‘गतिशीलताका लागि निरन्तर अध्ययन’ भन्ने मूल ध्येयका साथ २०६४ सालदेखि अनौपचारिकरुपमा भेला भई पठन संस्कृति विकासका लागि निरन्तर प्रयत्नशील रिडर्स झापाले २०६९ सालमा पहिलो कला साहित्य उत्सव सम्पन्न गरेको थियो । केन्द्र र मोफसलको द्वन्द्व सदियाँैदेखि रहेको र मोफसल एउटा मनोविज्ञान भइसकेको स्थितिमा पूर्वी नेपालको सीमान्त सहर काँकरभिट्टामा रिडर्स झापाले पहिलो पल्ट कला साहित्य उत्सव आयोजना गरेर कला साहित्य सम्बन्धी बहसमा काठमाडौँलाई चुनौती दिएको थियो । समकाल र साहित्य, सङ्घीयता, लेखनको जोखिम, भाषिक आन्दोलन, पठन संस्कृति, छापामा झापा जस्ता शीर्षकमा प्यानल डिस्कसन र सम्भाषण प्रस्तुत गरिएको थियो ।
 
दोस्रो संस्करण २०७१ फागुनमा अयोजना गरिएको थियो । समावेशीको मुद्दा, नेपाल भारत सम्बन्ध, राष्ट्रियताको पुनर्परिभाषा, उद्यमशीलता, समाचारको निष्पक्षता, नेपाली समाजको संरचना र वर्ण व्यवस्था, नेपाली सिनेमाको फेरिँदो चरित्र, कवितामा समय चेतना, उपन्यासमा सीमान्त आवाज जस्ता २२ वटा शीर्षकमा प्यानल डिस्कसन र सम्भाषण प्रस्तुत गरिएको थियो । दोस्रो कला साहित्य उत्सवमा कलालाई विशेष महत्त्व दिइएको थियो । कला सम्बन्धी प्यानल डिस्कसन चलाइएको थियो ।
 
रिडर्स झापाले प्रत्येक दुई वर्षमा आयोजना गर्ने कला साहित्य उत्सवको तेस्रो संस्करण मिति २०७३ फागुन १२ देखि १४ सम्म काँकरभिट्टामा आयोजना गरिएको छ । अघिल्ला दुई संस्करणमा जस्तै तेस्रो संस्करणमा पनि राष्ट्रिय जीवनका महत्त्वपूर्ण विषयहरूमा घनीभूत छलफल गराइने छ ।
यो संस्करणमा नेपाली समाजको चरित्र, राजनीतिक दलभित्रको संस्कार, विकासको संकथन, समाचार टेलिभिजन र समाज, कविताको राजनीति, इतिहास लेखन र अध्ययन, सामाजिक आन्दोलनमा मिडिया, नेपाली कम्युनिस्ट आन्दोलनमा झापा विद्रोह, वर्ग र पहिचानको पहेली, झापा केन्द्रित लेखन र प्रकाशन, समृद्ध अर्थतन्त्र, साहित्यमा सीमान्तको आवाज, जल, जमिन र जङ्गल लगायतका विषयहरूमाथि प्यानल डिस्कसन र सम्भाषण हुने छ ।
 
उल्लिखित शीर्षकका प्यानल डिस्कसन र सम्भाषणका लागि अर्थशास्त्री, समाजशास्त्री, भाषविद्, पत्रकार, लेखक, कवि, आख्यानकार, बैंकर्स, विकासविद्, व्यवसायी, चित्रकार, नाट्यकर्मी, निर्देशक तथा चलचित्रका कलाकारहरु तिन दिन झापाको काँकरभिट्टामा भेला हुने छन् । प्यानल डिस्कसनमा सहभागी वक्ताहरुलाई दर्शकहरुले प्रत्यक्ष प्रश्न सोध्न पाउँछन् । कार्यव्रmमलाई इन्टरनेटबाट प्रत्यक्ष प्रसारण गरिने छ । लेखक साहित्यकारहरुसँग प्रत्यक्ष भेट गरी कुराकानी गर्न पाइने छ ।
 
यसपालि बुक बस उत्सवको नयाँ विशेषता हुने छ । पठन संस्कृति विकास गर्न बुक बसको प्रयोग पश्चिमा देशहरुमा प्रचलित रहेकाले यसपालि हामीले यसलाई झापा ल्याएका छौँ । बुक बस मोबायल लाइब्रेरी हो । कला साहित्य उत्सवको अवसरमा बुक बस झापामा माघ २४ गते आइ पुग्ने छ । यसले करिब एक महिना झापाका केही विद्यालयहरुमा नै पुगेर सुवा दिने छ भने मुख्य सहरमा सेवा दिने छ । बुक बसमा किताबहरु हुन्छन् । विद्यार्थी तथा जोसुकैले पनि बसमा चढेर आफूलाई मन परेको पुस्तक त्यहीँ पढ्न पाउँछन् ।
 
हाउभाउ सहितको कविता वाचन ‘स्ल्याम पोएट्री पर्फमेन्स‘ हुने छ । यसपालि विभिन्न विद्यालयलका विद्यार्थीहरुलाई कार्यव्रmमभन्दा अघि नै यसको अभ्यास गराइने छ र कार्यव्रmममा विद्यार्थीहरुलाई प्रस्तुत गराइने छ ।
 
चित्रकला, लाइभ पेन्टिङ तथा प्रतिस्पर्धा पनि हुने छ । काँकरभिट्टामा अवस्थित देही आर्टका कलाकार साथीहरुले यसको संयोजन गर्ने छन् । कार्यव्रmमभन्दा अघि नै कलाकारहरुको टोलीले काँकरभिट्टाका केही सार्वजनिक स्थानका वालमा पेन्टिङ गर्ने छन् । काठमाडौँ र भारतबाट आएका कलाकारहरुको संयुक्त टोलीले विद्यार्थीहरुलाई कला सम्बन्धी प्रशिक्षण दिई प्रतिस्पर्धा पनि गराउने छन् । यसपालि मूर्तिकला विशेष आकर्षण रहेको छ । मूर्तिकारहरु आउने छन् । मूर्तिकारहरुले कार्यव्रmम स्थलमा प्रत्यक्ष मूर्ति निर्माण गरी प्रदर्शन गर्ने छन् । मूर्तिकला सम्बन्धी प्यानल डिस्कसन पनि हुने छ ।
 
कला साहित्य उत्सवको पहिलो दिन साँझमा परिवर्तन थिएटर काँकरभिट्टाले नाटक प्रदर्शन गर्ने छ भने दोस्रो दिन साँझ काठमाडौँ इन्टरनेसनल माउन्टेन फिल्म फेस्टिवलमा प्रदर्शित फिल्म प्रदर्शन गरिने छ । तेस्रो दिन साँझ एकल गायन राखिएको छ । एकल गायन कला साहित्य उत्सवको थप आकर्षण हुने छ । गीत सङ्गीतको पनि प्यानल डिस्कसन राखिएको तेस्रो संस्करणमा गायक गणेश रसिकको एकल गायन रहने छ । गायक रसिकले करिब १५ वटा गीत गाउने छन् ।
 
कला साहित्य उत्सवको पहिलो र दोस्रो संस्करणले समाजका विविध विषयहरूमा खुला बहस चलाएको थियो भने युवा विद्यार्थीको ध्यान साहित्य र सरोकारका अन्य गम्भीर विषयतर्फ मोड्न महत्त्वपूर्ण भूमिका निर्वाह गरेको थियो । अघिल्ला संस्करणहरू जस्तै यस पटक पनि उत्सवलाई खुला फोरमका रुपमा गहन अन्तव्र्रिmयाको थलो बनाइनेछ । यसमा राष्ट्रिय तथा अन्तर्राष्ट्रिय ख्याति प्राप्त साहित्यकार, सामाजिक अभियन्ता, राजनीतिज्ञ तथा विद्वत् वर्गसँग सिधै अन्तव्र्रिmया गरिनेछ । समाजमा आलोचनात्मक चेत निर्माण गर्न साथै व्यक्तिमा प्रश्न गर्ने बानीको विकासका लगि खुला बहस अत्यावश्यक भएकाले यो उत्सव आयोजना गरिएको छ ।
 
पहिलो र दोस्रो संस्करणले पठन संस्कृतिको विकास तथा सामाजिक रूपान्तरणमा महत्त्वपूर्ण भूमिका निर्वाह गरेको र यस प्रकारका उत्सव समाजको सकारात्मक रूपान्तरणका लागि आवश्यक रहेको निष्कर्षसहित हामीले तेस्रो संस्करण आयोजना गरेका छौँ । कला साहित्य उत्सवमा सव्रिmय सहभागी भई सफल पार्न हामी राजनीतिक दल, सङ्घसंस्था, उद्योगी, व्यवसायी, बुद्धिजीवी, शिक्षक, विद्यार्थी, पत्रकार, कर्मचारी, सहकारीकर्मीलगायत सम्पूर्ण मान्यवरहरुलाई हार्दिक अनुरोध गर्दछौँ ।
(लेखक रिडर्स झापाका उपाध्यक्ष तथा कला साहित्य उत्सवका कार्यक्रम संयोजक हुन् )
लोकतन्त्र पोष्टबाट
 
 
 


यसमा तपाईको मत