|

समाचार

भारतको एक अस्पतालमा आगलागी हुँदा २३ जनाको मृत्यु ।

कात्तिक २ । 
भारतको उडिसास्थित एक निजी अस्पतालमा आगलागी भएको छ । आगलागिमा परी २३ जनाको मृत्यु भएको छ । उडिसाको भुवनेश्वरस्थित सम अस्पतालमा आगलागी हुँदा ५० जनाभन्दा बढी बिरामी जलेका छन् ।
 
डायलासिस विभागबाट शुरु भएको आगलागी पुरै अस्पतालमा फैलिएको भारतीय सञ्चारमाध्यमहरुले जनाएका छन् ।आगलागी शुरु भएलगत्तै बिरामीहरुमा भागदौड मच्चिएको थियो । आगो आइसीयु विभागमा समेत पुगेपछि त्यहाँका बिरामीलाई अन्यत्र सार्न अस्पताल कर्मचारीलाई मुस्किल भएको थियो ।आगलागीपछि त्यहाँका बिरामीलाई अन्य अस्पतालमा सारिएको छ ।
 
मृत्यु हुनेमा बिरामीका साथै अस्पतालका केही कर्मचारीसमेत रहेका छन् ।सातवटा दमकल र १ सय २० जना अग्नि नियन्त्रकले आगलागी नियन्त्रणमा लिएका छन् ।यसैबीच भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अस्पतालमा भएको आगलागीले आफू निकै दुःखित भएको बताएका छन् । 


यसमा तपाईको मत