|

समाचार

सक्क्षम ग्रुपको आयोजनामा बर्ष बेस्ट परफमर एकल गायन प्रतियोगिता अमेरिकामा सुरु ।

सक्क्षम ग्रुपको आयोजनामा बर्ष बेस्ट परफमर एकल गायन प्रतियोगिता अमेरिकामा सुरु  ।
 
अमेरिका ,असोज २४ ।
कमल अञ्जन खनाल ।
कलाकार हाम्रो होईन राम्रो हुनुपर्छ भन्ने नाराका साथ सुरू भएको बर्ष बेस्ट परफमर एकल गायन प्रतियोगिता, सिजन टु अमेरिकामा बसोबास गर्ने नेपाली भाषीको सक्क्षम ग्रुपको आयोजनामा हिजोबाट सुरु भएको छ ।
 
सन २०१५ बाट सुरू गरिएको यस कार्यक्रम को पहिलो सिजनबाट उत्कृष्ट ४ छनोट गरि ति ४ प्रतियोगिहरूको आवाजमा सांगितिक एलबम समेत बजारमा आईसकेको छ ।
 
यसलाइ निरन्तरता दिदै सिजन टु  हाल सुरू भइसकेको छ । सिजन टु मा करिब २०० को हाराहारिबाट छनोट हुँदै हाल लाइभ अडिसन सम्म आई पुगेको छ ।
 
यसरीनै क्रमश छनोट हुँदै टप २ छानिने आयोजक सक्क्षम ग्रुपको ले जानकारी दिएको छ । प्रतिभा भएर पनि उचित ठाँउ र प्रोत्साहन नपाइ रहेका कलाकारहरूलाई सहयोग गरि अघि बढाउन जुटेको यो समूहले सबै दर्शकलाई सही प्रतिभालई भोट गरि सहयोग गर्न पनि अनुरोध गरेको छ ।
 
कार्यक्रमको अधिल्ला केही श्रींखलाहरूमा निर्णायकहरूको भूमिका बाट प्रतियोगीहरूको छनोट हुनेछ भने टप १० बाट सम्पूर्ण रूपमा दर्शकहरूको भोटबाट छनोट गरिने छ ।
 
यस सिजनको निर्णायकहरूमा नेपाली संगीत जगतमा चर्चित गायक तथा संगीतकारहरू सुरेश अधिकारी ,डम्बर खापुंग सुब्बा , महेश थुलुङ  रहेका छन् । 


यसमा तपाईको मत