|

समाचार

सहमतिय सरकार गठनका लागि आजबाट प्रक्रिया सुरु ।।

काठमाडौ, साउन ११ ।
सहमतिय सरकार गठनका लागि आजबाट प्रक्रिया सुरु भएको छ । आज बस्ने व्यवस्थापिका संसदमा राष्ट्रपति विद्यादेवी भण्डारीले आह्वान गरेको पत्रको जानकारी दिएसँगै सरकार गठनको सहमतिय प्रक्रिया सुरु हुनेछ ।
 
हिजो राष्ट्रपति यादवले ७ दिन भित्र सहमतीय सरकार गठन गर्न राजनीतिक दलहरुलाई आग्रह गर्नुभएको छ ।
 
विज्ञप्ति निकालेर राष्ट्रपति भण्डारीले सहमतिय सरकार गठन गर्नका लागि संसदमा रहेका राजनितिक दलहरुलाई आग्रह गर्नुभएको हो । 
 
राष्ट्रपति भण्डारीले धारा २९८ को उपधारा २ अनुसार सात दिनभित्र सहमतीय सरकार गठनको आहृवान गर्नुभएको हो ।
 
राष्ट्रपति दिएको ७ दिनको समयमा सरकार गठन हुन नसके बहुमतिय प्रक्रिया सुरु हुनेछ । व्यवस्थापिका संसदको बैठक आज बिहान ११ बजे बोलाइएको छ ।  


यसमा तपाईको मत