|

समाचार

एनसेललाई ४० अर्ब कर तिराउन पुर्वी झापाका ४० युवाको ४ दिने अभियान शुरु

एनसेललाई ४० अर्ब कर तिराउन पुर्वी झापाका ४० युवाको ४ दिने अभियान शुरु
बैशाख २१ ।
ज्ञानेन्द्र निरौला ।।
पुर्वी झापाका ४० जना युवाहरुले मोबाएल फोन सेवा प्रदायक निजी कम्पनी एनसेलले नेपाल सरकारलाई बुझाउनु पर्ने कर तिर्न दबाव दिने उद्धेश्यले अभियान शुरु गरेका छन । ४० अर्बका लागि ४० युवाको ४ दिने अभियान नाम दिईएको उक्त अभियान अन्तर्गत  पहिलो चरणमा आज देखी ४ दिन सम्म एनसेलबाट आएको फोन नउठाउने र एनसेलको नम्बरबाट फोन समेत नगर्ने कार्यक्रम तय गरिएको अभियानका अगुवा तथा काँग्रेस केन्द्रीय सदस्य बिश्वप्रकाश शर्माले बताउनु भयो । एनसेल कम्पनीको सम्पत्ती किनबेच हुँदा सरकारलाई बुझाउनु पर्ने सम्पत्ती कर बापतको ४० अर्ब रुपैया नबुझाकाले त्यो रकम अबिलम्ब बुझाउन दबाब दिने गरी आजदेखी ४ दिन एनसेलको सेवा प्रयोग नगर्ने र अन्य महानुभावहरुलाई पनि यो अभियानमा सहयोगका लागि आग्रह गरिएको अभियानका सदस्य पुष्पराज पौड्ेलले बताउनु भयो । यस अघि स्वीडेनको टेलिसेन्यौरा कम्पनीको स्वामित्वमा रहेको एनसेललाई मलेसियाको कम्पनी एक्जिटा प्रा.लीले केही समय अगाडी मात्र खरिद गरेकोमा सम्पत्ति किनबेच हुँदा नेपालको कानून अनुसार तिर्नु पर्ने सम्पत्ति कर बापदको ४० अर्ब रुपैया एनसेलले अहिले सम्म भुत्तानी नगरे पछि झापाका युवाहरुले कर तिराउन दबाब दिने उद्धेश्यले यो अभियान सञ्चालन गरेको अभियानका सदस्य बाहुनडाँगीका खड्ग बहादुर धिमालले बताउनु भयो । यो अवधिमा एनसेलको नयाँ सिम नकिन्न पनि सबैमा अनुरोध गरेको अभियानका अर्का सदस्य तथा शिक्षक महासंघ झापाका अध्यक्ष तेजप्रसाद चौलागाईले बताउनु भयो । पहिलो चरणको ४ दिने अभियान भित्र पनि एनसेलले कर नतिरे त्यस पछि दोस्रो चरणको कार्यक्रम तय गरेर अभियानलाई निरन्तरता दिने अभियानका अर्का सदस्य तथा मेचीनगर लेडि जेसीजकी कार्यकारीणी उपाध्यक्ष सुनीता पनेरुले बताउनु भयो ।
नेपाल जस्तो गरीब मुलुकको ४० अर्ब रुपैया एउटा निजी कम्पनीले नतिर्दा त्यसको गलत नजीर बस्ने र त्यसले मुलुक आर्थिक रुपमा टाट पल्टिने सभ्भावना हुने भएकाले यो अभियान सञ्चालन गर्नु परेको अभियानमा सहभागीहरुले बताएका छन । पुर्वी झापाका बाहुनडाँगी, मेचीनगर, शान्तिनगर, धाईजन र ज्यामिरगढीका युवाहरु यस अभियानमा सहभागी भएका छन ।
 


यसमा तपाईको मत