|

समाचार

लोकतन्त्र, काङ्ग्रेस अधिवेशन र सहमति

लोकतन्त्र, काङ्ग्रेस अधिवेशन र सहमति
आज माघ १६ गते नेपाली काङ्ग्रेसको गाउँ, नगर र नगर वडाको अधिवेशन भइसकेको छ । हिजोका लागि तोकिएको काङ्ग्रेसको स्थानीय स्तरको अधिवेशनमा सर्वसम्मत हुने पदहरूमा हिजै परिणाम घोषणा भइसकेको छ भने मतदान प्रव्रिmयाबाट नै नेतृत्वको छिनोफानो गर्नु पर्ने अवस्थाका पदहरूमा मात्र आज मतदानका लागि समय छुट्याइएको छ ।
 
देशैभरि एकै साथ भएको गाउँ नगर अधिवेशनमा काङ्ग्रेसका धेरै पद सर्वसम्मत भएका छन् भने केही पदहरू मतदानको प्रव्रिmयावाट आज टुङ्गो लाग्दैछ । मतदानको प्रव्रिmयामा भरसक जान नदिनका लागि झापा लगायत देशैभरिका नेताहरू सर्वसम्मतको खेतीमा लागेको देखिन्छ । अधिवेशन भन्ने वित्तिकै चुनावी कुरा मात्र अगाडि आएको देखिन्छ । काङ्ग्रेसले अधिवेशन भनेको चुनाव मात्र हो भन्ने बुझेको छ वा सङ्गठनका अन्य गतिविधिलाई चुनावी माहोलले छोपेको हो त्यो आम नागरिकलाई प्रष्ट छैन तर काङ्ग्रेसभित्र अधिवेशन भनेको चुनाव मात्रै हो कि क्या हो भने जस्तो देखिदैँछ ।
 
लोकतन्त्रको हिमायती सम्झने काङ्ग्रेसले आन्तरिक लोकतन्त्रका बारेमा थुप्रै आलोचना बेला बेलामा खेप्दै आएको छ । यस पटकको १३ औँ महाधिवेशनका लागि भइरहेको स्थानीयस्तरको अधिवेशनमा पनि काङ्ग्रेस मतदान प्रव्रिmयाबाट भाग्न खोजेको देखिन्छ । चुनाव नगराउँदा निरकुङ्शता हावी भयो भनेर त्यसको विरोधमा राजनीतिक दल खोल्ने मूल मर्मलाई विर्सिएर मतदानबाट नेतृत्व छनौट गर्दा पार्टी कमजोर हुन्छ भन्नेहरूको सङ्ख्या पनि बाक्लै देखिन्छ ।
 
आखिर किन डराउनु प¥यो मतदानको प्रव्रिmयाबाट । लोकतान्त्रिक पार्टी भन्ने अनि सहमतिका नाममा निरकुङ्शता लाद्ने कहाँसम्मको न्यायोचित व्यवहार हो त । आन्तरिक लोकतन्त्र बलियो भयो भने राष्ट्रको लोकतान्त्रिक व्यवस्था पनि सुदृढ हुँदै जाने कुरालाई बिर्सेर चुनाव भन्ने बित्तिकै तर्सिएर जवरजस्ती रुपमा सहमतिका लागि क्षमतावान कार्यकर्तालाई पन्छाएर नेताका अरौटे भरौटेहरूलाई स्थापित बनाउने खेलले के काङ्ग्रेस बलियो बन्छ त्यो आम काङ्ग्रेसजनले बुझ्नु पर्ने बिषय बनेको छ ।
 
महिनौँ दिनदेखि व्रिmयाशिल सदस्यहरूसँग भोट मागेर हिँडेका कार्यकर्ताहरूलाई नेतृत्वको दवावमा एकाएक उमेद्वारी फिर्ता लिन लगाउने परिपाटीले त्यस्तो कार्यकर्ताका माझ पार्टी अलोकप्रिय बनाउँदै लैजाने खतरातर्फ भने कसैले चनाखो बनेको देखिदैँन । सहमतिका नाममा जवरजस्ती गर्नुको पछाडि दुईवटा मात्र कारण हुन सक्छन् । पहिलो भनेको प्रतिस्पर्धामा आए विरासतको रुपमा काङ्ग्रेस प्राप्त गरेको भनेर आफुले बुझेकाहरूले पराजित हुने डर हो भने दोस्रो कारण नेताका अगुवा पछुवाहरूलाई पार्टीभित्र जबरजस्ती स्थापित गराउन खोज्नु नै हो ।
जुन अगुवा पछुवाहरूले स्थानीयस्तरमा बसेर आम नागरिक र आम कार्यकर्ताहरूसँग भिजेर सङ्गठनको काम गरेको पनि हुँदैन र उ जहिले पनि शक्तिको पछि मात्र दगुर्छ । यस खाले परिपाटी काङ्ग्रेसभित्र विस्तारै मौलाउँदै जान थालेको देखिन्छ । जबरजस्ती गरिएको सहमतिले तत्काललाई कसैको स्वार्थ पूर्ति त होला तर त्यही कारणबाट फाटेको मन जोड्न बर्षौ लाग्न सक्छ । यस्ता कामले काङ्ग्रेसको पुरै सङ्गठन ध्वस्त बनाउँदै लगेको छ ।
 
आवधिक निर्वाचन स्वीकार गरेका हामीले मुलुकका सवै राजनीतिक दलले आन्तरिक रुपमा हुने निर्वाचनको प्रव्रिmया वा मतदानको अवस्थालाई सहजै आत्मसाथ गर्न सक्नु पर्छ अनि मात्र लोकतान्त्रिक राज्य व्यवस्थामा हुर्किएको समाजको सदस्यका रुपमा आम नेपालीले आफुलाई उभ्याउन सक्छ ।


यसमा तपाईको मत