|

अन्तराष्ट्रिय समाचार

  • मोगादिशुको एक होटलमा गरेको आक्रमणमा कम्तिमा १४ जनाको मृत्यु ।

    असार, १२ । सोमालियाको राजधानी मोगादिशुको एक होटलमा गरेको आक्रमणमा कम्तिमा १४ जनाको मृत्यु भएको छ । इस्लामिक समूह अल–शबाबले लडाकुले मोगादिशुको नासो हाबोल्ड होटलमा आक्रमण गरेको प्रहरीले जनाएको छ । आक्रमणमा परि मृत्यु हुनेमा सुरक्षा गार्ड, सर्वसाधारण नागरिक र केही आक्रमणकारी रहेको

  • अमेरिकामा बाढीका कारण २० जनाको मृत्यु ।

    असार ११ । अमेरिकामा बाढीका कारण कम्तिमा २० जनाको ज्यान गएको छ ।   वेष्ट भर्जि्नियामा आएको बाढीका कारण ८ वर्षका बालकसहित २० जनाको ज्यान गएको सरकारी अधिकारीले बताएका छन् । ठूलो आँधीबेहरी तथा बाढीका कारण वेष्ट भर्जि्नियामा ठूलो भौतिक क्षति भएको छ

  • युरोपेली संघ इयुमा आवद्धताबारेको मतदानको ब्रिटेनमा मतगणना जारी ।

    असार १० । युरोपेली संघ इयुमा आवद्धताबारे ब्रिटेनमा भएको जनमत संग्रहको प्रारम्भिक मतगणनाको परिणाम आउन थालेको छ ।   लगभग २५ प्रतिशत स्थानको परिणाम घोषणा भइसक्दा ब्रिटेन इयुबाट अलग हुनुपर्ने पक्ष अघि देखिएको छ ।   मतदान सकिए लगत्तै प्रकाशित सर्वेक्षणले ब्रिटेन इयुमा नै रहनुपर्ने

  • भारत प्रशासित जम्मु कश्मिरमा साम्प्रदायिक तनाव

    भारत, असार २ ।। भारत प्रशासित जम्मु कश्मिरको जम्मुमा एकजना मुस्लिम युवाले मन्दिर तोडफोड गरेपछि साम्प्रदायिक तनाव बढेको छ । तनाव बढ्दै गएपछि सहरमा कर्फ्यु लगाइएको छ भने इन्टरनेट सेवासमेत बन्द गरिएको छ । हिन्दू समर्थक प्रदर्शनकारीहरुले प्रहरी चौकीमा पसेर गाडी

  • सिरियाका दुई शहरमा पहिलो पटक सहायता सामग्री पुग्यो ।

    जेठ २९ । बिद्रोहीको नियन्त्रणमा रहेका सिरियाका दुई शहरमा पहिलो पटक सहायता सामग्री पुगेको छ । दमासकस नजिकको डाराया र डोमामा सहायता सामग्री बोकेका गाडी पुगेको संयुक्त राष्ट्रसंघले जनाएको छ ।   डारायामा ४ बर्षपछि पहिलो पटम अन्तराष्ट्रिय सहायता सामग्री बोकेका गाडी पुगेका

  • तेल अविव शहरमा प्यालेस्टाइनी बन्दुकधारीको आक्रमण ।

      जेठ २७ । इजरायलको तेल अविव शहरमा प्यालेस्टाइनी बन्दुकधारीले गोली चलाएका छन् । उनीहरुले चलाएको गोली लागेर कम्तिमा चार जनाको मृत्यु भएको छ ।   इजरायलको रक्षा मन्त्रालय नजिकै रहेको सरोना मार्केट सपिङ कम्प्लेक्समा बन्दुकधारीले चलाएको गोलीले अन्य ६ जना घाइते भएका छन्

  • भारत र अमेरिकाबीच नौ बुँदे सहमति ।

    जेठ २६ । भारतका प्रधानमन्त्री नरेन्द्र मोदी र अमेरिकाका राष्ट्रपति बाराक ओबामाबीच भेटवार्ता भएको छ । अमेरिका भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री मोदी र अमेरिकी राष्ट्रपति ओबामाबीच भेटवार्ता भएको छ ।   भेटवार्ताका क्रममा ९ बुँदे सम्झौता समेत भएको छ । दुई देशबीच आतंकवादविरुद्ध

  • श्रीलंकाली सेनाको एक क्याम्पमा आगलागी ।

    जेठ २४ । श्रीलंकाली सेनाको एक क्याम्प रहेको विस्फोटक पदार्थको भण्डारमा भीषण आगलागी भएको छ । विस्फोटक पदार्थको गोदाममा भएको आगलागीका कारण धेरै विस्फोट भएका छन् ।   राजधानी कोलम्बोनजिक सलावामा रहेको क्याम्पमा आगलागी भएको हो । विस्फोटपछि क्याम्प नजिकका बासिन्दालाई सुरक्षित स्थानतर्फ

  • सिरियाको रक्का शहरबाट आइएसलाई हटाउने क्रममा भीषण संघर्ष

    जेठ १२ । सिरियामा उत्तरी रक्काबाट इस्लामिक अतिवादी समुह आइएसलाई हटाउने क्रममा भीषण संघर्ष भएको छ ।   अमेरिकी सहयोगमा सिरियन कुर्दिस र अरब लडाकुहरुले संयुक्तरुपमा सैन्य अभियान चलाएका हुन् । यस अभियानमा सिरियन डेमोक्रेटिक फोर्सका ३० हजार लडाकु परिचालन गरिएको छ ।   अमेरिकी

  • सिरियामा सरकारी सेनाको पकडको क्षेत्रमा विस्फोट, ७८ जनाको मृत्यु ।

    जेठ १० । सिरियाका दुई शहरमा भएको बम विस्फोटमा परि कम्तिमा ७८ जनाको ज्यान गएको छ । सरकारी सेनाको पकडमा रहेको तटीय शहर टारटस र जाबलामा आत्मघाती बम विस्फोट हुँदा धेरैको ज्यान गएको मानवअधिकारवादी संस्था सिरियन अब्जरभेटरी फर ह्युमनराइट्सले जनाएको छ

  • पेरिसबाट कायरोका लागि उडेको विमान सम्पर्क्बिहीन ।

    जेठ ६ । इजिप्टको एक विमान सम्पर्क्बिहीन भएको छ । फ्रान्सको राजधानी पेरिसबाट इजिप्टको कायरोका लागि उडान भरेको इजिप्ट एमएस ८०४ विमान सम्पर्क्बिहीन भएको इजिप्ट एयरले जनाएको छ । विमानमा ५९ जना यात्रु र १० जना चालक दलका सदस्य रहेका एयरलाइन्सलाई

  • अमेरिकामा आतंकवादको प्रायोजकविरुद्ध मुद्दा हाल्नसक्ने विधेयक पारित ।

    जेठ ५ । अमेरिकाको माथिल्लो सदन सीनेटले आतंकवादको प्रायोजकविरुद्ध मुद्दा हाल्नसक्ने प्रावधानसहितको विधेयक पारित गरेको छ । विधेयकले कानूनको रुप लिएमा सेप्टेम्बर ११, सन् २००१ को आतंकवादी आक्रमणमा पीडित भएकाले साउदी सरकारबिरुद्ध अदालतमा मुद्दा हाल्न सक्ने छन् ।   आतंकवादको प्रायोजनबिरुद्धको न्यायसम्बन्धी यस

  • लडाकू र सरकारी सेनाबीचको भिडन्तमा ५५ जना मारिए ।

    जेठ २ । सिरियामा अतिवादी इस्लामिक संगठन आइएस लडाकू र सरकारी सेनाबीचको भिडन्तमा ५५ जना मारिएका छन् । को डेर अल जौरको अस्पताल परिसर कब्जा गर्न गएका लडाकुसँग भिडन्त भएको हो ।   मारिनेमा ३५ जना सरकारी पक्षका र २० जना आईएस लडाकू

  • बग्दादमा कार बम बिस्फोटमा ९३ जनाको मृत्यु ।

    बैशाख ३० । इराकको राजधानी बग्दादमा कार बम बिस्फोटमा ९३ जनाको मृत्यु भएको छ । प्रहरीका अनुसार श्रृखलाबद्ध बम बिस्फोटमा ८७ जना घाइते भएका छन् । घाइतेहरुको अवस्था गम्भीर छ ।  बग्दादमा भएको यो बिस्फोट अहिलेसम्मकै सबैभन्दा घातक भएको वीवीसीले जनाएको

  • एक वर्षमा ६२ लाख आप्रवासी चरा पासोमा, २० लाख मारिन्छन ।

    बैशाख २९ । मौसम अनुसार बासस्थान परिवर्तन गर्ने दशौं लाख आप्रवासी चरा हरेक वर्ष हराउने गरेको संयुक्त राष्ट्रसंघले जनाएको छ । अवैध सिकार तथा किनबेचका कारण मौसम अनुसार बासस्थान परिवर्तन गर्ने आप्रवासी चरा लोप हुँदै गएको संयुक्त राष्ट्रसंघका अधिकारीले बताएका छन्

  • आइएसका महत्वपूर्ण नेता मारिए ।

    बैशाख २८ ।  बिद्रोही संगठन इस्लामिक स्टेट आइएसका एक मुख्य नेता हवाई आक्रमणको क्रममा मारिएका छन् । अमेरिका नेतृत्वको गठबन्धन  सेनाले इराकको अनबर प्रान्तमा गरेको हवाई आक्रमणको क्रममा आइएसका मुख्य नेता अबु वाहिब मारिएको अमेरिकी रक्षा मन्त्रालय पेन्टागनले जनाएको छ ।

  • सिरियामा अपहरणमा परेका ३ स्पेनिस पत्रकार रिहा ।

    बैशाख २६ । सिरियामा अपहरणमा परेका तीन जना स्पेनिस पत्रकार रिहा भएका छन् । सिरियामा रिर्पो्टिङका लागि गएका तीन स्पेनिस पत्रकार गएको वर्ष अपरहणमा परेका थिए । आफ्नो देशका तीनै पत्रकार रिहा भएको र उनीहरु स्वदेश फर्किने क्रममा रहेको स्पेन सरकारले

  • सिरियाको एक शरणार्थी शिविरमा हवाइ आक्रमण, कम्तीमा २८ को मृत्यु ।।

    बैशाख २४ । शिरियाको एक शरणार्थी शिविरमा हवाइ आक्रमण भएको छ । गएराती भएको आक्रमणमा परेर कम्तीमा २८ जनाको मृत्यु भएको बिबिसीले जनाएको छ ।   टर्किस बोर्डर नजिकै रहेको कामुना शरणार्थी क्याम्पमा रसियन वा सिरियन लडाकु विमानले आक्रमण गराएको हुनसक्ने आशंका गरिएको

  • ७ करोड ५० लाख बालकालिकालाई शिक्षाका लागि तत्काल सहायता आवश्यक ।

    बैशाख २२ ।  विश्वका ७ करोड ५० लाख बालबालिकालाई शिक्षाका लागि सहायता चाहिएको एक अध्ययन प्रतिवेदनले जनाएको छ ।संयुक्त राष्ट्र संघीय बालकोष युनिसेफले भर्खरै सार्वजनिक गरेको प्रतिवेदनले विश्वका जोमिखयुक्त क्षेत्रका ७ करोड ५० लाख बालबालिकालाई शिक्षाका लागि सहायताको अवश्यक्ता रहेको जनाएको

  • ५० हजार मानिसलाई जागीरबाट निकालिए ।

    बैशाख १८ । साउदी अरबको सबैभन्दा ठूलो कम्पनीमध्ये एक मानिने बिनलादिन समूहले ५० हजार मानिसलाई जागीरबाट निकालिदिएको छ । कच्चा तेलको मूल्यमा ठूलो गिरावट आएको भन्दै उसले आफ्नो कम्पनीमा कर्मचारी कटौती गरेको हो ।   तेलको मूल्यमा कटौती हुँदा ठूलो नोक्सानी ब्यहोर्नु परेको