• ५ माघ २०७५ शनिबार/ Saturday 1-19-2019
  • स्टुडियो टाईम : १२:२०

बिपुल क्षेत्री बिर्तामोड आउँदै 

विर्तामोड ।
युवाहरु माझ लोकप्रिय गायक बिपुल क्षेत्री आगामी माघ १२ गते बिर्तामोड आउने भएका छन् । सिन्डिकेट, जुनकिरि, असार, देउराली डाँडा जस्ता गित गाएर दर्शक श्रोताको मन मस्तिष्कमा बस्न सफल गायक क्षेत्री आफनो ब्याण्ड सहित बिर्तामोड आउन लागेको हुन् ।

पूर्वाञ्चल रक्सको आयोजनामा विर्तामोडमा हुने सांगितिक कार्यक्रममा विपुल क्षेत्रीको प्रस्तुति रहने छ । पूर्वाञ्चल रक्सका अनुसार कार्यक्रमको पहिलो चरणको तयारी पूरा भएको छ । 

साँगितिक बजारमा छुट्टै छाप छोड्न सफल बिपुल क्षेत्रीको कन्र्सटमा ५००० को हाराहारीमा दर्शक उतार्ने लक्ष रहेको इभेन्ट कोअर्डिनेटर रोहन लिम्बुले बताए ।

बिर्तामोडको टावर टेम्पलमा ५ बजे पछाडि सुरु हुने यस बृहत कन्र्सटको स्टेज, साउण्ड लगायत विभिन्न पाटोमा अत्याधुनिक प्रविधि प्रयोग गरिने भएकाले अन्य कन्र्सटभन्दा फरक ढाँचाको हुने कार्यक्रमका सह संयोजक रवि श्रेष्ठले जानकारी दिए । 
 

प्रतिकृया दिनुहोस

‘म स्टार किड होइन अमृता सिंहकी छोरीको रुपमा चिनिन चाहन्छु’ : सारा अली खान

# मनोरंजन

१२ पौष, २०७५

सैफ अली खान र अमृता सिंहकी छोरी सारा अली खानले फिल्म ‘केदारनाथ’ मार्फत बलिउड डेब्यू गरेकी छिन् । शुक्रबारबाट प्रदर्शनमा अाएको फिल्म ‘केदारनाथ’