तेस्रो दार्चुला महोत्सब २०७५ माघ २५ देखी फागुन २ गतेसम्म लाग्ने

दार्चुला । - दार्चुला जिल्ला सदरमुकाम खलंगामा उद्योग वाणिज्य संघ दार्चुलाको आयोजनामा तेस्रो दार्चुला महोत्सब २०७५ सञ्चालन हुने भएको छ । अपि, नाम्पा, चौलानी र महाकालीको काख, कैलास, मालिकार्जुनको आगँन, दार्चुलाको शाख भन्ने मूल नाराका साथ अगामी माघ २५ गतेदेखी फागुन २ गतेसम्म एक साता तेस्रो दार्चुला महोत्सव तथा क्षेत्रीय पर्यटन मेला २०७५ लगाउने तयारी थालिएको हो ।
शनिबार दार्चुला जिल्ला सदरमुकाम खलंगामा उद्योग बाणिज्य संघ दार्चुलाले पत्रकार सम्मेलनको आयोजना गरी महोत्सबको आयोजना गर्ने आधिकारीक जानकारी गराएको छ । ऐतिहासिक धार्मिक, सांस्कृतिक तथा पर्यटकीय क्षेत्र रहेको साथै जलस्रोत र बहुमूल्य जडिबुडी को भन्डार रहेकोे दार्चुला जिल्लाकोे पहिचानको प्रचारप्रसार गर्ने उदेश्यले महोत्सबको आयोजना गरीएको उद्योेग बाणिज्य संघ दार्चुलाका अध्यक्ष मंगल सिह ठगुन्नाले जानकारी दिनुभयो ।
व्यासी सौका समुदायको बसोबास रहेको यस क्षेत्रमा उनीहरुको संस्कृति, राष्ट्को सातौ धाम रहेको शैल्य शिखर मालिकार्जुन, उकु भगनावशेष, ब्रह्मदह, लगायत थुपै हिम ऋखंला र प्राकृतिक स्रोत साधनले भरिएको ठाउँको प्रचार प्रसारको लागि पनि महोत्सव तथा पर्यटन मेला आवश्यक रहेको भन्दै महोत्सबको तयारी गरीएको उद्योग बाणीज्य संघ दार्चुलाले जनाएको छ । महोत्सवबाट जिल्लाको व्यापार सम्भावनाको प्रचार प्रसार गर्न, जिल्लाभरी रहेका ऐतिहासिक पर्यटकीय तथा सांस्कृतिक धार्मिक स्थलहरुको पहिचान संरक्षण गर्न, जिल्लाको स्थानीय कषि, पशु, वन, घरेलु, उद्योग, आदीको प्रचार प्रसार तथा बजारीकरण, स्थानीय भाषा संस्कृति कला मनोरञ्जन क्षेत्रको विकास एवं प्रवद्र्धन गर्ने उद्देश्यले महोत्सव एवं पर्यटन गर्ने लागेको हो । यस्तै मेलाबाट स्थानीय उद्यमी, व्यवसायी, सहभागि गराएर व्यवसाय प्रवद्र्धन गर्ने उद्देश्य रहेको अध्यक्ष ठगुन्नाको भनाई छ ।
दुई बर्ष पहिले सञ्चालन भएको महोत्सबमा १ सय १ स्टल राखीएकोमा यो बर्ष ५० स्टल थप गरेर १ सय ५० स्टल राख्ने तयारी गरीएको छ । ७ दिनसम्म सञ्चालन हुने महोत्सबको स्थानिय देखी राष्टिय कलाकारहरुको समेत सहभागिता गराइने आयोजकले जनाएको छ ।
२० लाख बढी खर्च अनुमान गरेर जिल्लाका ९ ओटै स्थानिय तह, बिभिन्न संघ संस्था, प्रायोजक तथा सहयोगि निकायहरुसंग सहयोग मागेर आर्थीक ब्यबस्थापन गरीने उद्योग बाणिज्य संघ दार्चुलाले जनाएको छ ।

प्रतिकृया दिनुहोस

असोज २, ३ र ४ गते तीन दिन संविधान दिवस

सारथी खबर, दार्चुला । सात दशक लामो संक्रमणकालको अन्त्य गर्दै संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा असोज २, ३ र ४ गते तीन दिन संबिधान

५१ किलोग्राम अवैध सतुवासहित दुई जना पक्राउ

रेडियाे दार्चुला, दार्चुला । दार्चुलामा ५१ किलोग्राम अवैध सतुवा सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा दार्चुलाको ब्याँस गाउँपालिका वडा

दार्चुलाबाट छुटेकाे बस डोटीमा दुर्घटना : २८ घाइते, १५ गम्भीर

डोटी : दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेकाे बस डोटीकाे जोरायल गाउँपालिका–२ छतिवनमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जनाको