• ५ माघ २०७५ शनिबार/ Saturday 1-19-2019
  • स्टुडियो टाईम : १२:२०

झापामा युनिकम नेपालको विधागत संगठन निर्माण

 

नेपाल व्यापार कर्मचारी संघ युनिकम नेपालले झापामा विधागत संगठन निर्माणलाइ प्राथमिकता दिएको छ ।

युनिकम नेपाल अन्तर्गत वितरक कर्मचारी युनियन झापाको गठन भएको हो । डिलरमा कार्यरत कर्मचारी र श्रमिक ले वितरक कर्मचारी युनियन मा प्रतिनिधित्व गरेका छन ।

यस अघि युनिकम नेपालले झापामै मार्के्टिंग अर्थात कम्पनि प्रतिनिधि संघ गठन गरिसकेको छ । सोमबार बिर्तामोडमा सम्पन्न भेलाले तेजु अधिकारीको अध्यक्षतामा ११ सदस्यीय वितरक कर्मचारी युनियन गठन गरेको केन्द्रीय अध्यक्ष गजेन्द्र पौडेलले जानकारी दिनु भयो ।

समितीको सचिव मा खगेन्द्र उप्रेती रहनु भएको छ ।यस्तै सदस्य हरुमा तेज प्रसाद सिटौला ,शुभम श्रेष्ठ , बुद्धिमान चौधरी ,प्रवेश पोखरेल ,कुमार श्रेष्ठ ,दुर्गा बहादुर थापा ,बद्रि आचार्य ,नवराज दुलाल र भुषण कर्ण रहनु भएको छ ।

व्यापार क्षेत्रमा क्रियाशील डेढ दर्जन बढी डिलर हरुमा कार्यरत कर्मचारी उपस्थित भेलामा बोल्दै युनिकम केन्द्रीय अध्यक्ष पौडेल ले संगठन को महत्व ,कर्मचारीको अधिकार तथा कर्तव्यका विषयमा चर्चा गर्नु भयो ।

उहाले सरकारले लागू गरेको सामाजिक सुरक्षा कार्यक्रममा आफ्नो रोजगारदाता कम्पनि सुचिकृत भए नभएको वारे जानकारी राख्न सहभागीलाई सचेत गराउनु भयो ।

रोजगार प्रदायक निकाय सुचिकृत भए पछिको तीन महिना भित्र सम्बद्ध कर्मचारी श्रमिक लाइ सुचिकृत गराउन युनिकम नेपालले पहल गर्ने पनि वताउनु भयो । भेलाका सहभागी कर्मचारी एवं श्रमिकलाई युनिकम नेपालका प्रदेश संयोजक श्याम प्रसाद खड्गीले स्वागत गर्नु भएको थियो ।

प्रतिकृया दिनुहोस

झापा कारागारमा बन्दी ब्रेन मास्टर सिजन २

# स्थानिय

२० पौष, २०७५

चन्द्रगढी ।  बन्दी विकास पुस्तकालय झापा कारागारको आयोजनामा “समृद्ध नेपाल निर्माणको अभियानमा अपराधलाई अन्त्य गरौँ” भन्ने नाराका साथ “बन्दी

महाअभियानको पहिलो चरणमा २० लाख बढी बचत 

# स्थानिय

१० मङ्सिर, २०७५

सडक दुर्घटना न्यूनीकरण महाअभियान अन्तर्गत पहिलो चरणमा सम्पन्न कार्यक्रम बाट २० लाख ६० हजार भन्दा बढी बचत भएको छ ।  विर्तामोडमा एक कार्यक्रमको

युनिकम नेपालको मोरङ जिल्ला सम्योजकमा प्रह्लाद राउत चयन

# स्थानिय

९ मङ्सिर, २०७५

व्यापार क्षेत्रमा काम गर्ने श्रमिकहरुको सँगठन युनियन अफ कमर्स इम्प्लोइज युनिकम नेपालको सम्भाब्यता अध्यायन बैठक शनिबार बिराट नगर मा सम्पन्न भएको छ