भलिबलमा नेपालको ऐतिहासिक सफलता, एसियन गेम्समा पहिलो जित

सारथी खबर, दार्चुला ।

नेपालको पुरुष भलिबल टिमले एसियन गेम्समा ऐतिहासिक जित हासिल गरेको छ ।

इन्डोनेसियामा जारी १८औं एसियाली खेलकुद (एसियाड)अन्तर्गत् मंगलबार भएको खेलमा नेपालले मंगोलियालाई ३–१ को सेटमा हराएको हो । मंगोलियाविरुद्धको पहिलो सेट २६–२८ ले गुमाएको नेपालले दोस्रो सेट २५–१६ ले आफ्नो पक्षमा पार्‍यो । प्रतिस्पर्धात्मक तेस्रो सेट ३०–२८ ले जितेको नेपालले चौथो सेट २५–१९ ले जित्दै जित सुनिश्चित गरेको हो ।

एसियन गेम्समा पुरुष भलिबलतर्फ नेपालको यो पहिलो जित हो । भलिबलको समूह चरणबाटै बाहिरिइसकेको नेपालले वरीयता निर्धारणका लागि खेल्दैछ । नेपालले अब १३औं स्थानका लागि ‘प्ले अफ’मा श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।

नेपालले एसियन गेम्समा भलिबलतर्फ ३२ वर्षपछि सहभागिता जनाएको हो । सन् १९७८ मा थाइल्यान्डको बैंककमा भएको आठौं एसियाडमा पहिलोपटक सहभागिता जनाएको नेपालले त्यसपछिका दुई संस्करणमा पनि सहभागिता जनायो । तर, सन् १९८२ को दिल्ली एसियाड तथा १९८६ को सिओल एसियाडमा पनि नेपालले पुरुष भलिबलतर्फ एउटा सेट पनि जित्न सकेको थिएन । -इमेजखबरमा खबर छ ।

मंगोलियाविरुद्ध मंगलबार हासिल गरेको जितले नेपाली भलिबल टोलीलाई थप ऊर्जा प्रदान गरेको भलिबल टोलीका सहायक प्रशिक्षक जगदीश भट्टले बताए ।

एसियाडको पुरुष भलिबलतर्फ कुल २० टोली सहभागी छन् ।

प्रतिकृया दिनुहोस

२५ रनले नेपाल विजयी

काठमाडौँ, भदौ ३१  भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ । आईतबार भएको खेलमा नेपालले

एसिया कप छनोट : नेपालले आज सिंगापुरसँग खेल्दै

सारथी खबर, दार्चुला ।  एसिया कप छनोट प्रतियोगितामा नेपालले आज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । हिजो भएको खेलमा नेपालले घरेलु टिम मलेसियालाई १९

नेपाललार्इ पहिलाे सफलता: मलेसिया १९ रनले पराजित

सारथी खबर, दार्चुला ।  एसिया कप छनाेटमा नेपालले पहिलाे सफलता प्राप्त गरेकाे छ ।  यसअघि वर्षाका कारण ३० अाेभरमा छाेट्याइएकाे खेलमा नेपालले १८८ रन