त्रिभुवन विमानस्थल अझै खुल्न सकेन

सारथी खबर, दार्चुला । 

शनिबार बेलुकी ८ : ३० बजेदेखि बन्द भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अझै सञ्चालनमा आउन सकेको छैन । धावनमार्गमा चिप्लिएको यति एयरलाइन्सको जहाजलाई तान्न नसक्दा विमानस्थल सञ्चालनमा आउन नसकेको हो ।

विमानस्थल बन्द हुँदा राती उडान हुने जहाज स्थगित भएको छ भने राती बाहिरबाट आएका जहाजलाई दिल्ली, लखनउ लगायतका ठाउँमा डाइभर्ट गरिएको छ । 
विमानस्थल खुल्न अझै कति समय लाग्छ भन्ने निश्चित नभएको विमानस्थल कार्यालयले जनाएको छ ।

कार्यालयका अनुसार धावनमार्गमा रहेको यतिको जहाजलाई तान्ने प्रयास भैरहेको छ । नेपालगन्जबाट २१ जना यात्रु बोकेर काठमाडौं आइपुगेको यति एयरलाइन्सको जेट स्ट्रीम विमान शनिबार बेलुकी  धावनमार्गमा चिप्लिएको हो । जहाजमा रहेका यात्रु र चालक दलका सदस्य सकुशल छन् ।

#ujyalo

प्रतिकृया दिनुहोस

असोज २, ३ र ४ गते तीन दिन संविधान दिवस

सारथी खबर, दार्चुला । सात दशक लामो संक्रमणकालको अन्त्य गर्दै संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा असोज २, ३ र ४ गते तीन दिन संबिधान

५१ किलोग्राम अवैध सतुवासहित दुई जना पक्राउ

रेडियाे दार्चुला, दार्चुला । दार्चुलामा ५१ किलोग्राम अवैध सतुवा सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा दार्चुलाको ब्याँस गाउँपालिका वडा

दार्चुलाबाट छुटेकाे बस डोटीमा दुर्घटना : २८ घाइते, १५ गम्भीर

डोटी : दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेकाे बस डोटीकाे जोरायल गाउँपालिका–२ छतिवनमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जनाको