एसिया कप छनोट : नेपालले आज सिंगापुरसँग खेल्दै

सारथी खबर, दार्चुला । 

एसिया कप छनोट प्रतियोगितामा नेपालले आज सिंगापुरसँग प्रतिस्पर्धा गर्दैछ । हिजो भएको खेलमा नेपालले घरेलु टिम मलेसियालाई १९ रनले हरायो । खेल नेपाली समय अनुसार सवा सात बजे सुरु हुनेछ । 

पहिलो खेलमा ओमान र दोस्रो खेलमा युएईसंग पराजित भएको नेपालले शनिबार आयोजक मलेसियालाई हराएको थियो । उक्त जितपछि एसिया कप छनोटको फाइनल खेल्ने नेपालको सपना जीवितै रहेको थियो ।

यस्तै नेपाल अघिल्ला तीनै खेल हारेको सिंगापुरविरुद्ध सहज जितको खोजीमा रहनेछ ।  तर, पछिल्लो खेलको नतिजाको आधारमा नेपालविरुद्ध सिंगापुरले आश्चर्यजनक नतिजा निकाल्ने सक्ने सम्भावना भने कमजोर छ ।

नेपालले सिंगापुरसँग अहिलेसम्म ५ पटक खेलेको छ । जसमा सबै खेलमा नेपाल विजयी भएको छ।  

#ujylo

प्रतिकृया दिनुहोस

२५ रनले नेपाल विजयी

काठमाडौँ, भदौ ३१  भारतको लखनउमा भइरहेको उन्नाइस वर्षमुनिको एकदिवसीय क्रिकेट शृङ्खलामा नेपाल विजयी भएको छ । आईतबार भएको खेलमा नेपालले

नेपाललार्इ पहिलाे सफलता: मलेसिया १९ रनले पराजित

सारथी खबर, दार्चुला ।  एसिया कप छनाेटमा नेपालले पहिलाे सफलता प्राप्त गरेकाे छ ।  यसअघि वर्षाका कारण ३० अाेभरमा छाेट्याइएकाे खेलमा नेपालले १८८ रन

नेपालकाे एेतिहासिक सफलता: प्याराग्लाइडिङमा रजत पदक

सारथी खबर, दार्चुला । इण्डोनेसियाको जाकार्तामा जारी १८औं एसियाली खेलकुद अन्तर्गत प्याराग्लाइडिङतर्फ नेपालले रजत पदक जितेको छ