निर्मलाको घटना सेलाउन नपाउँदै कञ्चपुरमा अर्की बालिका बलात्कृत

सारथी खबर, दार्चुला।

निर्मला पन्तको बलात्कारपछि हत्याको घटना सेलाउन नपाउँदै कञ्चनपुरमा अर्की बालिका बलात्कारको शिकार भएकी छिन् । बेलडाँडी गाउपालिका –१, की अन्दाजी १४/१५ वर्षीया बालिकामाथि बलात्कार भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ । 

बालिकालाई राति एकजनाले फोन गरेर बाहिर निस्किन लगाई २ जनाले मोटरसाइकलमा राखेर घरबाट टाढा लगेर बलात्कार गरेको सोधपुछका क्रममा पीडितले बताएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी प्रमुख कुबेर कडायतले बताउनुभयो ।  

उहाँका अनुसार बिहीबार बालिकाको घरमा सत्यनारायणको पूजा थियो । पूजा सकिएपछि नाचगानका क्रममा चिनेकै व्यक्तिले फोन गरेर बालिकालाई बाहिर निस्किन लगाई अपहरण शैलीमा बाहिर लगेर बलात्कार गरेको खुल्न आएको छ । 

स्थानीयले ४ जनाको समूहमा आएका यूवाले बालिकालाई सामूहिक बलात्कार गरेको बताए पनि प्रहरीले भने एक जनाले बलात्कार गरेको बताएको छ । 

‘बालिकालाई लिन ४ जना युवा आएका रहेछन्’, प्रहरी प्रमुख कडायतले भन्नुभयो, ‘तर, दुईजनाले मोटरसाइकलमा राखेर लगेछन् र एक जनाले बलात्कार गरेको रहेछ ।’

प्रहरीका अनुसार बालिकालाई मेडिकल जाँचका लागि महाकाली अञ्चल अस्पतालमा ल्याइएको छ । उनको मेडिकल रिपोर्ट आएपछि मात्रै सामूहिक बलात्कार हो वा एक जनाले मात्रै बलात्कार गरेको भन्ने खुल्ने प्रहरी प्रमुख कडायतले भन्नुभयो ।

#ujyalo

प्रतिकृया दिनुहोस

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

सारथी खबर, दार्चुला । दार्चुला लगायत प्रदेश नम्बर ७ सुदूरपश्चिममा बुढी पोल्ने पर्वको रौनक छाएको छ । हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी

गहु पिस्ने मीलमा काम गरिरहेका एक १३ वर्षिया बालक गम्भीर घाइते

सारथि खबर दार्चुलामा गहु पिस्ने मीलमा काम गरिरहेका एक १३ वर्षिया बालक गम्भीर घाइते भएका छन् । जिल्लाको महाकाली नगरपालिका वडा नम्बर ९ दत्तुका नवीन

बादी समुदायका बालबालिका आधारभुत शिक्षाबाट बञ्चित (फोटोफिचर)  

सारथी खबर, दार्चुला ।  शिक्षा पाउनु सबै बालबालिकाको मौलिक हक एबं नैसर्गिक अधिकार हो, अनिवार्य निःशुल्क आधारभुत शिक्षा राज्यको नारा छ । नेपालको