• २४ मङ्सिर २०७५ सोमबार/ Monday 12-10-2018
  • स्टुडियो टाईम : ०६:०६

मेचीनगर एक र तीन सेमिफाइनलमा

धुलाबारी । 
झापाको मेचीनगर नगरपालिका ५ मा जारी युवासंघ नेपाल अन्तर वाड स्तरीय फुटवल प्रतियोगितामा आज सम्पन्न खेलमा मेचीनगर नगरपालिका वडा नम्बर १ र ३ विजयी भएका छन । क्वाटरफाइनल अन्तर्गत आजको पहिलो खेलमा मेचीनगर एकले २ लाई ४ तीन गोल अन्तरले पराजित गरेको छ ।

मेचीनगर एकका लागि रविन मगरले ह्याट्रिक गरेका थिए भने कृष्ण लिम्बुले एक गोल गरेका थिए । मेचीनगर २ का प्रदिप विष्टले २ तथा बसन्त तामाङले एक गोल गरे पनि त्यो जीतका लागि पर्याप्त भएन । त्यस्तै दोस्रो खेलमा मेचीनगर ३ ले मेचीनगर ८ लाई टाइब्रेकर ४ दुई गोल अन्तरले पराजित गर्यो ।

निर्धारित समयमा दुवै टोलीले एक एक गोलको बराबरी खेलेपछि खेल टाइब्रेकरमा ढकेलिएको थियो । आजको खेलमा विजयी भएसँगै मेचीनगर एक र ३ सेमिफाइनलमा प्रवेश गरेका छन ।

प्रतियोगिता अन्तर्गत भोली हुने दोस्रो क्वाटरफाइनलको खेलमा मेचीनगर १५ ले १० को सामना गर्दा मेचीनगर १३ ले ५ सँग प्रतिष्पर्धा गर्ने आयोजक युवासंघ नेपाल ५ नम्बर वडा कमिटिका अध्यक्ष तिलक बस्नेतले जानकारी दिनुभयो । 
 

प्रतिकृया दिनुहोस

सन्दीपले आईपीएल दिल्ली डेयरडेभिल्सबाटै खेल्ने

# खेलकुद

३० कार्तिक, २०७५

 सन्दीप लामिछानेले इण्डियन प्रिमियर लिग क्रिकेट (आईपीएल)को आगामी सिजन पनि दिल्ली डेयरडेभिल्सबाटै खेल्ने भएका छन् । १२औं सिजनको आर्इपीएलका लागि

विश्वकप क्रिकेटमा नेपालको नयाँ रोडम्याप

# खेलकुद

५ कार्तिक, २०७५

अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आईसीसी) ले सन् २०२३ को एक दिवसीय विश्वकपको नयाँ रोडम्याप जारी गरेको छ । सिंगापुरमा बसेको आईसीसीको बोर्ड बैठकले

नेपालको लगातार चौथो जित, भुटान ११७ रनले पराजित

# खेलकुद

२३ असोज, २०७५

आइसीसी टी–२० विश्वकप अन्तर्गत एसिया उपक्षेत्रीय छनोटमा नेपालले लगातार चौथो जित निकालको छ । आज भएको खेलमा नेपालले भुटानलाई एक सय १७ रनले पराजित