सुदूरपश्चिममा गौरा पर्व सुरु (बिस्तृतमा)

सारथी खबर, दार्चुला ।
शुक्रबार, भाद्र शुक्ल पञ्चमी । सुदूरपश्चिमेलीहरुको प्रमुख पर्व गौरा बिधिवत रुपमा शुरु भएको छ । घरआगँन लिपपोत गरेर चिटिक्क पारीएका छन् । झन्डै एक महिना पहिलेदेखी डेउडा खेलको गाउँगाउँमा रौनक छाएको छ । दामाहा लगायत पञ्चेवाजाको धुन बस्ती बस्तीमा गुञ्जयमान भएको छ । पञ्चमीको दिन घरघरमा पञ्चगेडा भिजाएर तामाको भाडामा (बिरोडा) राखीएको छ ।
पौराणिक कालमा भगवान शिव लाई पाउनका लागि गौरीदेवी अर्थात पार्वतीले निराहार आध्यात्मीक नित्य आराधना गरेको विश्वासका आधारमा गौरापर्व मनाइन्छ । पौराणिक कालमा भएको गौरा र महेश्वरको विवाहको सम्झानाका रुपमा धुमधामका साथ यो पर्व सुदूरपश्चिमभरी मनाउने परम्परा चल्दै आएको छ । 
महिलाले आफ्नो अटल सौभाग्य समृद्धि सन्तान र परिवारमा सुख शान्तिका लागि व्रत बसि गौरादेबीको पूजाआजा गर्ने गर्दछन । व्रत बसी शिव र गौरीको पूजाआजा गर्नाले सुखशान्ति प्राप्त हुने, इष्टदेब र कुलदेवता प्रसन्न भइ मनोकाङक्षा पुरा हुने जनविश्वास रहेको पाइन्छ । 
पञ्चमीका दिन ५ ओटा अन्नगेडा (केराउ, गुरुस, गहत, मास र गहु) भिजाएर पञ्च बिरोडी राखीने परम्पराअनुसार पञ्च अन्न तयार पार्ने काम भइरहेको छ । पञ्चमीका दिन बिरोडा भिजाउँने, १६ गते बाहिर गौराका दिन नजीकका धारा, तलाउँमा गएर १५ गते भिजाएको बिरुडा धुने र १७ गते भित्र गौराका दिन गौरालाइ सजाउँने तयारी भइरहेको छ । १७ गते राती महिलाहरुले गौरा तयार पारेर रातभरी गौराघरमा बिभिन्न नित्यकर्म गर्दै पुजाआज गर्ने गर्दछन । गौरा र महेश्वर तयार गरेर १८ गते अष्टमी (अठवाली) का दिन महिलाहरुले गौरा खेलाउँदै सजेवालि लगायतका बिभिन्न गौरा गाथाहरु गाउँदै नजिकको मन्दीरहरुमा पुगेर दिनभरी नाचगान गर्ने, दामाहा लगायतका पञ्चेवाजाहरु बजाउँने, खेल खेल्ने र गौराको फल बाड्ने गर्दछन । यसैदिनदेखी महिलाहरुले नयाँ दुबँधागो फेर्ने चलन समेत रहेको छ । पञ्चमीको दिन भिजाएका बिरोडा मन्दीरमा चढाइसकेपछि बिभिन्न आसिस दिएर घर, परिवारका सबै सदस्यहरु र आफन्तहरुको टाउँको पुज्ने चलन समेत रहेको छ ।
जिल्लाको लेकम क्षेत्रको मालिकार्जुन मन्दीरमा गौरापर्वको बिशेष चहलपहल हुने गर्दछ । यो बाहेक लेकम, मार्मा क्षेत्रका लटिनाथ, हुनैनाथ, गलैनाथ, भगवति लगायत बिभिन्न सक्तिपिठहरुमा गौरापर्वको अवसरमा मेला लाग्ने गरेको छ ।
गौरापर्वको मुख्य दिन अठवाली १८ गते परेपनि एक हप्तासम्म खेडी, धोडी, लमधोडी लगायतका पर्वहरु बिभिन्न स्थानमा मेला लगाएर रमाइलो गर्ने, बाजाहरु बजाउँने, खेल खेल्ने लगायतका गतिबिधिहरु हुने गर्दछन । गौरापर्वलाइ धार्मीक महत्तका साथै आफन्तहरु, घरपरिवारसंग भेटघाट हुने सुखदुख साटासाट गर्ने अवसरका रुपमा समेत लिने गरीन्छ । गौरापर्वकै पुर्ब सन्ध्यामा केहि दिनयता लेकम क्षेत्रमा महिला पुरुषहरुले ठाडो खेल, डेउँडा खेल, ढुस्कु लगायतका खेलहरु खेलेर रमाइलो गर्ने गरेका छन । शुदूरपश्चिम क्षेत्रमा गौरापर्वको अवसरमा एक दिन देखी एक हप्तासम्म बिद्यालय र सार्वजनिक संस्थाहरुमा सार्वजनिक र स्थानिय बिदा समेत दिने गरीन्छ । गौरापर्वको अवसरमा बिभिन्न खेलकुद प्रतियोगिताहरुको समेत आयोजना हुने गरेको छ ।
गौरा पर्व विशेष गरेर सुदूरपश्चिम, मध्यपश्चिमका केही जिल्लाहरु र कुमाउँमा भब्यताकासाथ साताब्यापी रुपमा मनाइने गरीन्छ । सुदूरपश्चिममा गौरा पर्ब भाद्र शुक्ल पञ्चमीदेखी अष्टमीसम्म मनाइने गरेकोमा गौराको मुख्य दिन अष्टमीको अवसरमा काठमान्डौ लगायत देशका बिभिन्न सहरहरुमा समेत डेउँडा खेल्ने लगायतका बिभिन्न क्रिर्याकलाप गरेर गौरा मनाउँन थालेको पाइन्छ ।
गौरा शुरु भएसंगै दार्चुला, बैतडी लगायत प्रदेश नम्बर ७ का पहाडी जिल्लाहरुमा गौरा पर्वको चहलपहल निकै बढेको छ । अहिले दार्चुलाको लेकम, मार्मा, दुहु सबैतीर घरहरु लिपपोत गर्ने, सरसफाइ गर्ने, बजारबाट नयाँ नयाँ लुगाहरु र बिभिन्न सामाग्रीहरुको किनमेल गर्ने क्रम बढेको छ । भदौ ५ गते नयाँ अन्न मन्दीरमा चडाएर घरघरको ढोकाहरुमा धानको वाला लगाएर स्थानिय भाषामा नौकलइ पर्व मनाइएको छ । नौकलइकै दिनदेखी घरहरु लिपपोत गर्ने क्रम शुरु भएर शुक्रबार गौरापर्वको पञ्चबिरोडी भिजाइएको हो । दार्चुला र बैतडी लगायत सुदूरपश्चिमका बिभिन्न जिल्लाहरुमा भब्यताकासाथ मनाइने गौरापर्वमा काम बिशेषले घरबाहिर रहेकाहरु घर फर्कीने क्रम बढेको छ । 
बिदेशीएका युवाहरु गाउँमा आएसंगै घरघरमा खुसीको सञ्चार भएको छ । दार्चुला, बैतडी, कञ्चनपुर लगायत जिल्लाको भारतसंग सीमा जोडिएका स्थानहरुबाट घर फर्कीनेहरुको संख्यामा बृद्धि हो । दार्चुलाको खलंगा, तिग्रम, उकु, जौलजीबि लगायतका झोलुङगे पुलहरु तथा बिभिन्न ठाउँमा तुइन र ट्युबको प्रयोग गरेर समेत स्थानियहरु भारतबाट स्वदेश फर्कने गरेका छन । यस्तै सीमावर्ती भारतीय बजार धारचुला, झुलाघाट, पिथौरागढमा मजदुरी गर्ने नेपाली पनि गौराका लागि घर फर्कन थालेका छन् । सुदूरपश्चिमका पहाडी जिल्लामा बिशेष रुपमा मनाइने गौरापर्वका लागि घरबाहिर भएकाहरु पनि घर फर्कने चलन रही आएको छ । 
 

प्रतिकृया दिनुहोस

असोज २, ३ र ४ गते तीन दिन संविधान दिवस

सारथी खबर, दार्चुला । सात दशक लामो संक्रमणकालको अन्त्य गर्दै संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा असोज २, ३ र ४ गते तीन दिन संबिधान

५१ किलोग्राम अवैध सतुवासहित दुई जना पक्राउ

रेडियाे दार्चुला, दार्चुला । दार्चुलामा ५१ किलोग्राम अवैध सतुवा सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा दार्चुलाको ब्याँस गाउँपालिका वडा

दार्चुलाबाट छुटेकाे बस डोटीमा दुर्घटना : २८ घाइते, १५ गम्भीर

डोटी : दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेकाे बस डोटीकाे जोरायल गाउँपालिका–२ छतिवनमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जनाको