• ५ माघ २०७५ शनिबार/ Saturday 1-19-2019
  • स्टुडियो टाईम : १२:२०

ढोरपाटनमा भिषण आगलागी, ३० घर जले

बागलुङको ढोरपाटन नगरपािलका ९ (ढोर) नविमा आइतबार बिहान भिषण आगलागी भएको छ । आगलागीबाट ३० घर जलेको छ । 

राति दुई बजेतिर घरबाट सल्किएको आगोका कारण ३० घर पूर्ण रुपमा जलेको हो । जलेका घरहरु नजिकै रहेको २३ घर भने जोगाउन सफल भएको नेपाली सेनाको हनुमानध्वज गुल्मका गुल्मपति मेजर रविजंग खड्काले बताउनुभयो । आगो बिहान ८ बजेमात्रै नियन्त्रणमा लिइएको थियो । ढोरपाटन सिकार आरक्षको सुरक्षार्थ यो क्षेत्रमा नेपाली सेनाको टोली बस्दै आएको छ । 

ढोरपाटनका बासिन्दा चैतदेखि कात्तिक महिनासम्म यो ठाउँमा बस्ने गरेको भए पनि  चिसो मौमसमा भने जाडो छल्न बोबाङ, अधिकारीचौर गाउँमा झर्ने गर्छन् । स्थानीयबासिन्दा जाडो छल्न बेसी झरेका कारण मानवीय क्षति भने नभएको मेजर खड्काले बताउनुभयो ।

दुई चारजना चौकिदारको भरमा घर सम्पत्ति जिम्मा लगाएर झरेका स्थानीयको घरसहित घरभित्र राखिएको लत्ताकपडा, अन्नपात सबै जलेर नष्ट भएको छ । ढोरपाटन प्रहरी चौकीसमेत बोबाङ झरेका कारण बस्ति नै सुनसान रहेको अवस्थामा अचानक लागेको आगलागीले ठूलो रुप लिएको हो । आगो कसरी लाग्यो भन्ने खुल्न सकेको छैन ।

घटनास्थलदेखि झण्डै ३ किलोमिटर टाढा रहेको नेपाली सेनाको टोलीले आगलागीको जानकारी पाएपछि गुल्मका गुल्मपति मेजर खड्काको कमाण्डमा खटिएको १ सय २३ जनाको टोलीले आगो नियन्त्रणमा लिन सफल भएको थियो ।

प्रतिकृया दिनुहोस

इनर्जी बैकिङ गर्न नेपाल र भारत सहमत

# राष्ट्रिय

१२ पौष, २०७५

नेपाल र भारतबीच इनर्जी बैकिङ गर्ने सहमति भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार सम्पन्न विद्युत आदानप्रदान समिति (पावर एक्सचेञ्ज

कालोपत्रे हुने भयो, झापाबाट इलाम जोड्ने फाष्टट्र्याक

# राष्ट्रिय

१ पौष, २०७५

झापाबाट इलाम सदरमुकाम जोड्ने छोटो बाटो ‘फाष्टट्र्याक’ राजदुवाली बूढीसुखानी शनिश्चिरे सडक कालोपत्रे हुने भएको छ । मेचीराजमार्गमा सवारीसाधनको

पाल्पा जीप दुर्घटना अपडेट : तीनदिने सुत्केरीसहित ५ जनाको मृत्यु, ४ जना घाइते

# राष्ट्रिय

२८ मङ्सिर, २०७५

सुत्केरी बोकेर सदरमुकाम तानसेनबाट माथागढी गाउँपालिका–८ बहादुरपुर जाँदै गरेको जीप बिहिबार बेलुकी दुर्घटना हुँदा पाल्पामा ५ जनाको ज्यान गएको छ