• २४ मङ्सिर २०७५ सोमबार/ Monday 12-10-2018
  • स्टुडियो टाईम : ०६:०५

नमुना बन्दै हल्दीबारी

झापाका १५ वटा स्थानिय तह मध्ये हल्दीबारी गाउँपालिका उदाहरणिय बनेको छ । व्यवहारिक र जनमुखी कार्यक्रम ल्याएकै कारण हल्दीबारी उदाहरणिय बनेको हो । विकासका दृष्टीले पछाडी परेको हल्दीबारी जनप्रतिनिधी आए पछिका दिनमा एका एक परिवर्तन भएको छ । 

सडक, शिक्षा, स्वास्थ्य लगायतका क्षेत्रमा पछाडी परेको हल्दीबारीमा अहिले देख्न सकिने परिवर्तन भएको छ । सामान्य बिरामी पर्दा विर्तामोड वा भद्रपुर पुग्नु पर्ने त्यस क्षेत्रका बासिन्दा आजभोली गाउँ मै स्वास्थ्य सेवा पाउँछन् । गाउँपालिकामा रहेका ३ वटा स्वास्थ्य केन्द्रहरु हल्दीबारी, गोलधाप र जलथल मध्ये जलथल स्वास्थ्य केन्द्रमा २४ सै घण्टा खुल्ला रहने वर्थिङ सेन्टर पनि खुलेको छ । स्थानिय जनताले अब ल्याव टेष्टको सुविधा पनि त्यही पाउन थालेका छन् । गाउँपालिकाले जनतालाई स्वास्थ्य सेवा पुगोस् भनेर करारमा १ जना ल्याव टेक्निसियन, १ जना ल्याव असिष्टेन्ट र २ जना अनमी नियुक्त गरि खटाएको छ । हल्दीबारी र गोलधाप स्वास्थ्य केन्द्रको भने भौतिक संरचना निर्माणको काम भईरहेको छ । यी केन्द्रहरुमा पनि जलथलमा जस्तै सेवा दिने योजना गाउँपालिकाको छ ।

हल्दीबारीका ९५ प्रतिशत बासिन्दाको मुख्य पेशा कृषि हो । कृषि क्षेत्रको विकासका लागि पनि गाउँपालिका उत्तिकै अग्रसर बनेको छ । गाउँपालिकाले कृषि कार्यमा सहजता होस् भन्नका लागि स्थानिय सहकारी संस्थाहरुसंगको सहकार्यमा ७ वटा ट्रयाकटर ८९ लाख ८९ हजार रुपैयाँमा खरिद गरेर सहकारी मार्पmत किसानका लागि उपलब्ध गराएको छ । गाउँपालिकाको ७० प्रतिशत र सम्बन्धित सहकारीको ३० प्रतिशत लागत साझेदारीमा ट्रयाकटर खरिद गरिएको हो । ट्रयाकटरको दुरुपयोग नहोस् भन्नका लागि ट्रयाकटर परिचालन कार्यविधि २०७५ पारित गरिएको र सोही कार्यविधिको अधिनमा रहेर सहकारीले ट्रयाकटर सञ्चालन गर्ने गाउँपालिकाका अध्यक्ष रविन्द्र कुमार लिङ्देनले बताए । 

गाउँपालिकाले २२ लाख रुपैयाँ खर्च गरेर ५ जना विद्यार्थीलाई पशुपालन तथा ५ जनालाई माछापालन सम्बन्धी अध्ययनका लागि पठाएको छ । गाउँपालिकाले जनमुखी कार्यक्रम ल्याएको भन्दै स्थानियवासी पनि खुसी देखिएका छन् । हल्दीबारी २ का निलकण्ठ दंगालले सिहंदरबार घरमा नै आएको आभाष भएको सुनाए । गाउँपालिकाले कृषि क्षेत्रको विकासका लागि आगामी बर्ष ५ वटा धान काट्ने मेसिन र ३ वटा धान रोप्ने मेसिन खरिद गर्ने योजना बनाएको छ । अर्गानिक तरकारी खेतीको प्रबद्र्धनका लागि साढे ७ लाख रुपैयाँ र मोटर सिचाँई विस्तारका लागि ४५ लाख रुपैया खर्च गर्ने उपाध्यक्ष डम्बर बहादुर गिरीले बताए । 

शिक्षा क्षेत्रको विकासका लागि पनि गाउँपालिका नयाँ योजनाका साथ अघि बढेको छ । गाउँपालिकामा रहेका १७ वटा विद्यालयमा कम्प्युटर प्राविधिक शिक्षा सञ्चालन भइरहेको छ । यसका लागि गाउँपालिकाले ९ पुरुष र २ महिला गरि जम्मा ११ जना कम्प्युटर शिक्षक करारमा नियुक्त गरेको छ । उनिहरुलाई मोबाइल रुटिङमा खटाइएको छ । यस्तै २२ वटा विद्यालयलाई १÷१ थान प्रोजेक्टर प्रदान गरेको छ । साथै राष्ट्रिय टिम बाट खेलिसकेका २ जना कपर्दी खेलाडी र ३ जना कराँते खेलाडीलाई प्रशिक्षक नियुक्त गरि हरेक विद्यालयमा प्रशिक्षणका लागि पठाइएको छ । यसरी गाउँपालिकाले २३ जना स्थानियलाई करारमा रोजगारी पनि उपलब्ध गराएको छ । साथै वितरित ७ वटा ट्रयाकटरका चालकले पनि रोजगारी पाएका छन् ।

हल्दीबारीका महिला विकासमा पहिला भन्ने नारा लिएको गाउँपालिकामा अहिले प्राय सबै काम महिला कै अग्रसरतामा हुनेगरेको छ । टोल विकास संस्था स्थापना गरेर महिलालाई नेतृत्व प्रदान गरिएको छ । महिलाहरुले नै त्यहाँ सडक, विद्युत, खानेपानी विस्तार लगायत कामको नेतृत्व लिएका छन् । गाउँपालिकाको विकासका लागि सोच बनेको तर स्रोतको कमी रहेको प्रमुख प्रशासकिय अधिकृत सन्तोष घिमिरेले बताएका छन् । थप स्रोत जुटाइदिन प्रदेश र संघिय सरकार संग माग गरिएको पनि उनको भनाई छ । 

हल्दीबारी झापमा निर्वाचन क्षेत्र नम्बर ३ मा पर्छ । यस क्षेत्र बाट राप्रपाका राजेन्द्र लिङ्देन प्रतिनिधिसभा सदस्य निर्वाचित भएका छन् । प्रदेशमा नेकपाका पुर्णसिंह राजवंशी र बसन्त बानियाँले जित हात पारेका छन् । उनिहरु सबैले यस क्षेत्रको विकासका लागि संगै अघि बढ्ने पनि बताउँदै आएका छन् । हल्दीबारीलाई नमुना गाउँपालिका बनाउने तीनै जनाको साझा प्रतिबद्धता छ ।

प्रतिकृया दिनुहोस

महाअभियानको पहिलो चरणमा २० लाख बढी बचत 

# स्थानिय

१० मङ्सिर, २०७५

सडक दुर्घटना न्यूनीकरण महाअभियान अन्तर्गत पहिलो चरणमा सम्पन्न कार्यक्रम बाट २० लाख ६० हजार भन्दा बढी बचत भएको छ ।  विर्तामोडमा एक कार्यक्रमको

युनिकम नेपालको मोरङ जिल्ला सम्योजकमा प्रह्लाद राउत चयन

# स्थानिय

९ मङ्सिर, २०७५

व्यापार क्षेत्रमा काम गर्ने श्रमिकहरुको सँगठन युनियन अफ कमर्स इम्प्लोइज युनिकम नेपालको सम्भाब्यता अध्यायन बैठक शनिबार बिराट नगर मा सम्पन्न भएको छ

अटो मेकानिकका लागि निशुल्क तालिम

# स्थानिय

४ मङ्सिर, २०७५

झापाको विर्तामोडमा अटो प्राविधिकहरुका लागि निशुल्क एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ । सिप्रदी सहायता संस्थाको आयोजनामा भइरहेको