• २४ मङ्सिर २०७५ सोमबार/ Monday 12-10-2018
  • स्टुडियो टाईम : ०६:०६

अटो मेकानिकका लागि निशुल्क तालिम

झापाको विर्तामोडमा अटो प्राविधिकहरुका लागि निशुल्क एक दिने प्रशिक्षण कार्यक्रम सम्पन्न भएको छ ।

सिप्रदी सहायता संस्थाको आयोजनामा भइरहेको राष्ट्रव्यापी अटो प्राविधिक प्रशिक्षण कार्यक्रम अन्तगर्त झापाको विर्तामोडमा पनि प्रशिक्षण सम्पन्न  भएको हो । 

विर्तामोडमा सम्पन्न प्रशिक्षण कार्यक्रममा विर्तामोड र काँकरभिट्टा क्षेत्रका ५० भन्दा बढी अटो प्राविधिकहरुको उपस्थिती रहेको थियो । 

संस्थाको आयोजनामा मंसिर १ गते इटहरी, २ गते धरान, ३ गते दमक र आज ४ गते विर्तामोडमा प्रशिक्षण सम्पन्न भएको हो ।

बजारमा नयाँ प्रविधिका गाडीहरु भित्रिएका कारण त्यसका विषेशताहरु बारे अटो प्राविधिकहरुलाई जानकारी गराउने योजनाका साथ कार्यक्रम आयोजना गरिएको सिप्रदी पार्टस्का सहायक मेनेजर दिनेश कुमार भट्टराईले जानकारी दिनुभयो ।

नयाँ मोडलका गाडीहरु ममर्त गर्न अटो प्राविधिकहरुका लागि यो तालिम फलदायी रहेको बरिष्ठ अफिसर सुवास चन्द्र ढुङ्गेलले बताउनुभयो । प्रशिक्षण कार्यक्रमको सहजिकरण प्रशिक्षक दिगविजय आचार्यले गर्नुभएको थियो ।  
 
 

प्रतिकृया दिनुहोस

महाअभियानको पहिलो चरणमा २० लाख बढी बचत 

# स्थानिय

१० मङ्सिर, २०७५

सडक दुर्घटना न्यूनीकरण महाअभियान अन्तर्गत पहिलो चरणमा सम्पन्न कार्यक्रम बाट २० लाख ६० हजार भन्दा बढी बचत भएको छ ।  विर्तामोडमा एक कार्यक्रमको

युनिकम नेपालको मोरङ जिल्ला सम्योजकमा प्रह्लाद राउत चयन

# स्थानिय

९ मङ्सिर, २०७५

व्यापार क्षेत्रमा काम गर्ने श्रमिकहरुको सँगठन युनियन अफ कमर्स इम्प्लोइज युनिकम नेपालको सम्भाब्यता अध्यायन बैठक शनिबार बिराट नगर मा सम्पन्न भएको छ

नमुना बन्दै हल्दीबारी

# स्थानिय

५ मङ्सिर, २०७५

झापाका १५ वटा स्थानिय तह मध्ये हल्दीबारी गाउँपालिका उदाहरणिय बनेको छ । व्यवहारिक र जनमुखी कार्यक्रम ल्याएकै कारण हल्दीबारी उदाहरणिय बनेको हो ।