• २४ मङ्सिर २०७५ सोमबार/ Monday 12-10-2018
  • स्टुडियो टाईम : ०६:०५

सँगै सुतेका श्रीमानले गरे आफ्नै श्रीमती र छोराको हत्या 

रुकुम पश्चिममा एक व्यक्तिले भरुवा बन्दुक र खुकुरी प्रयोग गरी आफ्नै श्रीमती र छोराको हत्या गरेका छन् । 

त्रिवेणी गाउँपालिका वडा नं. १ बल्लेजुराका ४६ वर्षीय सत्यबहादुर बुढाले राति सुतेको समयमा बन्दुक र धारिलो खुकुरी प्रहार गरी श्रीमती र कान्छा छोराको हत्या गरेका हुन् । बुढाले ४१ वर्षीया श्रीमती इन्द्रकलालाई भरुवा बन्दुक र ११ वर्षीय कान्छा छोरा प्रकाश लाई खुकुरी प्रहार गरी हत्या गरेका हुन् । 

जिल्ला प्रहरी कार्यालयका प्रमुख डीएसपी सुमित खड्काले श्रीमती र छोरालाई हत्या गर्ने बुढालाई प्रहरी नियन्त्रणमा लिएको बताउनुभयो । अत्याधिक रक्सी सेवन गरेका बुढा आफैँले पनि आफ्नो घाँटि रेटेर आत्महत्या प्रयास गरेको उहाँले, बताउनुभयो । मृतकको शव पोष्टमार्टमका लागि जिल्ला अस्पताल सल्ले लगिएको छ । 

बुढाले श्रीमतीको पेटमा गोली  र छोराको घाँटिमा खुकुरी प्रहार गरेको उहाँले बताउनुभयो । घरको अर्को कोठामा सुतेका जेठा छोरा डिल्ली बुढाले बिहान करिब ४ बजे मात्र घटना थाहा पाएका थिए । सत्यबहादुरले आफैँले आफ्नो घाँटि रेट्ने प्रयास गरेको र घाँटीबाट रगत बगिरहेको वडा नं १ का अध्यक्ष मोहन किशोर ओलीले बताउनुभयो ।

उज्यालो अनलाइन बाट

प्रतिकृया दिनुहोस

ढोरपाटनमा भिषण आगलागी, ३० घर जले

# राष्ट्रिय

९ मङ्सिर, २०७५

बागलुङको ढोरपाटन नगरपािलका ९ (ढोर) नविमा आइतबार बिहान भिषण आगलागी भएको छ । आगलागीबाट ३० घर जलेको छ ।  राति दुई बजेतिर घरबाट सल्किएको आगोका कारण ३०

निर्मला पन्त हत्या प्रकरण : एसपी डिल्लीराज विष्ट बर्खास्त

# राष्ट्रिय

८ कार्तिक, २०७५

सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ । सरकारले माग गरेको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएको

एसपी विष्टलाई बर्खास्त गर्न गृहमा सिफारिस

# राष्ट्रिय

४ कार्तिक, २०७५

निर्मला पन्त बलात्कार र हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई