महिला सञ्जाल दार्चुलाद्धारा गृहको ध्यानाकर्षण

सारथी खबर, दार्चुला ।
देशका बिभिन्न स्थानमा भइरहेका महिला हिसांका घट्नाहरुप्रति अन्तर पार्टी महिला संञ्जाल दार्चुलाले गृह मन्त्रालयको ध्यानाकर्षण गराएको छ ।

सञ्जालले बिहिबार दार्चुला जिल्लाका प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यमार्फत गृह मन्त्रालयमा ध्यानआकर्षण पत्र पठाएका हुन् । हाल देशभरी महिला तथा बालबालिकाहरुमाथि हिसां र बलत्कारका घट्नाहरु दिन प्रतिदिन बढ्दै गएको भन्दै कानुनको पालना र पीडितलाइ उचित न्यायको लागि गृह मन्त्रालयको ध्यानाकर्षण गराउनु परेको महिला सञ्जाल दार्चुलाका अध्यक्ष हिरादेबी अवस्थीले बताउनुभयो । कैलालीमा राधा चौधरीलाइ बोक्सीको आरोपमा दिएको यातना होस् वा कञ्चनपुरमा गत असार १० गते १३ बर्षीय बालिका निर्मला पन्तको बलत्कारपछि गरिएको हत्या होस, यस्तै सयौं घट्नाहरुमा महिला तथा बालबालिकाहरु पीडित भइरहेको ध्यानआकर्षण पत्रमार्फत स्मरण गराइएको छ । कानुनको पालना नहुँदा देशभरी यस्ता कयौ घटनाहरु बढ्दै गएकोले प्रहरीको क्रियाशिलता र निश्पक्षता आवश्यक रहेको अध्यक्ष अवस्थीले बताउनुभयो ।

महिला हिसां बिरुद्ध थुप्रै कानुनहरु बनेका छन् तर कानुनको पालना नहुँदा यस्ता घटनाहरु बारम्बार दोहोरीइरहेका छन अवस्थीले भन्नुभयो, दार्चुला जिल्लामासमेत बिगतमा महिला तथा बालिकाहरुले यस्ता यातना र हिसांहरुको शिकार हुनुपरेको ध्यानाकर्षण पत्रमा भनिएको छ । अहिलेपनि धेरै महिलाहरु हिसांको सिकार भएर पिडा लुकाएर बसेका छन् ।

न्याय माग्न आएकाहरुलेसमेत पहँुचको आधारमा न्याय पाउँनबाट बञ्चीत हुनुपरेको उहाँको भनाइ छ । महिलाहरुलाइ दोस्रो दर्जाको नागरीक र उपभोगको साधन ठान्ने पृतिसत्तात्मक सोचका कारणसमेत हिसांले स्थान पाएको भन्दै नागरीक सचेतना र व्यबहार परिवर्तन आवश्यक रहेको अन्तरपार्टी महिला संञ्जाल दार्चुलाका सचिब विस्ना धामीले बताउनुभयो । मानबअधिकार विरोधी हिसांका घटनाहरु रोक्न कानुनमा प्रयाप्त सजायको व्यवस्था गर्दै अपराधीहरुलाइ कडाभन्दा कडा सजाय दिनु आवश्यक रहेको महिला अधिकारकर्मी गौरी बडालको भनाई छ ।
समाजमा विद्यमान विकृति, विसंगती, अन्धविश्वास, अशिक्षा र पछौटेपनको अन्त्य गर्न सबैले आफ्नो ठाउँबाट भूमिका खेल्नु आवश्यक रहेको प्रमुख जिल्ला अधिकारी खुमकान्त आचार्यले बताउनुभयो । हिसां र बलात्कारका घट्ना न्युनीकरण गर्न सबैले आ आफ्नो स्थानबाट भूमिका खेल्नु आबश्यक छ उहाँले भन्नुभयो । महिला सञ्जालले देशका बिभिन्न स्थानमा घटेका घटनाहरुको सत्यतथ्य छानबिन गरी दोषीलाई कडा भन्दा कडा सजाय दिन प्रहरी प्रशासन थप जिम्मेवार बन्नुपर्ने औल्याएको छ ।
 

प्रतिकृया दिनुहोस

राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामी र राष्ट्रियताको सवाल

दार्चुला । राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामी र राष्ट्रियताको सवाल बिषयक एक दिने अन्तरक्रिर्या कार्यक्रमका बक्ताहरुले स्वर्गिय नेता धामीले

असोज २, ३ र ४ गते तीन दिन संविधान दिवस

सारथी खबर, दार्चुला । सात दशक लामो संक्रमणकालको अन्त्य गर्दै संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा असोज २, ३ र ४ गते तीन दिन संबिधान

प्रेमसिह धामीको योगदान र सपना (२१ औ स्मृति दिवसको अवसरमा)

कालापानी हाम्रै हो, कालापानी काठमान्डौलाइ किन दुख्दैन (कालापानी नेपालको मुटु हो) भनेर सदनमै आवाज उठाउँने नेपालका एक सपुत, दार्चुलाको समाजिक, राजनीतिक