• १ मङ्सिर २०७५ शनिबार/ Saturday 11-17-2018
  • स्टुडियो टाईम : ०९:३२

श्रीलङ्कामा नयाँ मन्त्रिपरिषद गठन

श्रीलङ्काका नवनियुक्त प्रधानमन्त्री महिन्दा राजापाक्षले तनावबीच नयाँ मन्त्रिपरिषदको सपथ गराउनुभएको छ ।

राष्ट्रपति मैत्रीपाला सिरिसेनामाथि संसदको बैठक आह्वान गर्न दबाब बढ्दै गएको समयमा सोमबार मन्त्रिपरिषद गठन भएको हो । नवगठित मन्त्रिपरिषदमा अर्थ मन्त्रालयको कार्यभार राजापाक्ष स्वयंले लिनुभएको छ भने विदेश मन्त्रीको कार्यभार सरथ अमुनगुमालाई दिइएको थियो ।

यसबाहेक, पूर्व सरकारमा राष्ट्रपति सिरिसेनाका समर्थकका रुपमा सहभागी रहेका केही मन्त्रीहरुले पुरानै जिम्मेवारी पाएका छन् । यहीबीच, संसदमा बहुमत रहेको दाबी गर्दै पूर्व प्रधानमन्त्री रनिल विक्रमासिङ्घेले जतिसक्दो चाँडो संसदको बैठक आह्वान गर्न आग्रह गर्नुभएको छ ।

प्रधानमन्त्रीबाट आफूलाई अपदस्थ गरिएको भन्दै उहाँले आफ्ना समर्थकलाई कोलम्बोमा बुधबार भेला हुन आह्वान गर्नुभएको छ । कुल २ सय २५ सदस्यीय संसदमा १ सय २६ जना सांसदले हस्ताक्षर गरी संसदको बैठक जतिसक्दो चाँडो आह्वान गर्न सभामुखसँग आग्रह गरेका छन् ।

सभामुखले एक चेतावनी पत्र जारी गर्दै तत्काल संसदको आपतकालीन बैठक नबसे मुलुकमा हिंसात्मक परिस्थिति सिर्जना हुनसक्ने बताउनुभएको छ ।
कोलम्बोमा एकजनाको ज्यान जानेगरी भएको एक गोलीकाण्डमा प्रहरीले संसद सदस्य अर्जुना रणतुङ्गालाई गिरफ्तार गरेको छ । विश्वकप विजेता श्रीलङ्काली टोलीका कप्तान समेत रहिसकेका रणतुङ्गालाई प्रहरीले जमानतमा छाडेको थियो ।

राष्ट्रपति सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासिङ्घेलाई शुक्रबार राति अपदस्थ गरी महिन्दा राजपाक्षलाई प्रधानमन्त्रीमा नियुक्त गरेसँगै श्रीलङ्कामा राजनीतिक तनाव बढेको छ ।

यो नाटकीय सत्ता परिवर्तनका कारण सत्तारुढ गठबन्धन श्रीलङ्का फ्रिडम पार्टी र युनाइटेड नेसनल पार्टीबीचको एकता पनि टुटेको छ । 

प्रतिकृया दिनुहोस

तेलंगनामा बस दुर्घटना, ५३ यात्रुको मृत्यु

# अन्तरास्ट्रिय

२७ भदौ, २०७५

भारतको तलंगनामा बस दुर्घटना हुँदा कम्तिमा ५३ जनाको मृत्यु भएको छ । अन्य केही घाइते भएका छन् । कोंडागट्टुको एक मन्दिरबाट जगित्याल तर्फ फर्किँदै गरेको

दक्षिण सुडानमा विमान दुर्घटना हुँदा १९ जनाको मृत्यु

# अन्तरास्ट्रिय

२५ भदौ, २०७५

दक्षिण सुडानको मध्यभाग इस्टर्न लेक राज्यमा हवाई जहाज दुर्घटनाग्रस्त हुँदा विमानमा यात्रारत १९ जनाको ज्यान गएको पुष्टि भएकाे छ ।  आइतबार बिहान

पाकिस्तानमा साउन ९ गते चुनाव हुने

# अन्तरास्ट्रिय

१३ जेठ, २०७५

पाकिस्तानमा आउँदो साउन ९ गते आम चुनाव हुने भएको छ । पाकिस्तानी राष्ट्रपति मममून हुसैनले जुलाई २५ अर्थात् आउँदो साउन ९ गते आम चुनाव गर्न सहमति जनाएका