म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौंमा

सारथी खबर, दार्चुला ।

बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को चौथो शिखर सम्मेलनमा सहभागी हुन सदस्य राष्ट्रका प्रमुखहरु काठमाडौं आउनेक्रम सुरु भएको छ ।

यही भदौ १४ र १५ मा काठमाडौंमा हुने सम्मेलनमा भाग लिन मंगलबार म्यानमारका राष्ट्रपति विन मिन्ट काठमाडौं आइपुगेका छन् । राष्ट्रपति मिन्टलाई उपप्रधान एवं रक्षामन्त्री ईश्वर पोखरेलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा स्वागत गरे ।

त्यसलगत्तै नेपाली सेनाले राष्ट्रपति मिन्टको सम्मानमा सलामी दिएको थियो । राष्ट्रपति मिन्ट बुधबार भगवान् गौतमबुद्धको जन्मस्थल लुम्बिनी जाने कार्यक्रम छ । यसैक्रममा बुधबार भुटानको सर्वोच्च अदालतका प्रधानन्यायाधीश तथा अन्तरिम सरकारका प्रमुख सल्लाहकार छिरिङ वाङचुक नेपाल आउँदैछन् । बुधबार नै श्रीलंकाका राष्ट्रपति मैत्रीपाला सिरिसेना पनि नेपाल आउँदैछन् ।

बिम्स्टेकको सम्मेलन हुने दिन अर्थात् १४ गते भने तीन देशका राष्ट्रप्रमुख नेपाल आउँदैछन् । बिहीबार भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी, बंगलादेशका प्रधानमन्त्री शेख हसिना वाजेद र थाइल्यान्डका राष्ट्रपति प्रायुट चान ओ चा नेपाल आउनेछन् । बिम्स्टेक सम्मेलनका सहभागी हुनेक्रममा म्यानमार र श्रीलंकाका राष्ट्रपतिले लुम्बिनीको भ्रमण गर्ने कार्यक्रम तय भएको छ ।

नेपाल, भारत, बंगलादेश, श्रीलंका, म्यानमार, भुटान र थाइल्यान्ड राष्ट्र सम्मिलित बिम्स्टेकको अध्यक्ष राष्ट्रकारुपमा सन् २०१४ देखि नेपाल रहेको छ ।

योपटकको शिखर सम्मेनको नारा ‘शान्ति, समृद्धि र दीगो बंगालको खाडी’ भन्ने रहेको छ । - इमेजखबर

प्रतिकृया दिनुहोस

राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामी र राष्ट्रियताको सवाल

दार्चुला । राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामी र राष्ट्रियताको सवाल बिषयक एक दिने अन्तरक्रिर्या कार्यक्रमका बक्ताहरुले स्वर्गिय नेता धामीले

असोज २, ३ र ४ गते तीन दिन संविधान दिवस

सारथी खबर, दार्चुला । सात दशक लामो संक्रमणकालको अन्त्य गर्दै संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा असोज २, ३ र ४ गते तीन दिन संबिधान

प्रेमसिह धामीको योगदान र सपना (२१ औ स्मृति दिवसको अवसरमा)

कालापानी हाम्रै हो, कालापानी काठमान्डौलाइ किन दुख्दैन (कालापानी नेपालको मुटु हो) भनेर सदनमै आवाज उठाउँने नेपालका एक सपुत, दार्चुलाको समाजिक, राजनीतिक