बिदेशमा मजदुरी गरेका महता पर्यटकिय स्थल चिनाउन नेपाल साईकल यात्रामा

सारथी खबर, दार्चुला ।

मार्मा गाउँपालिका वडा नम्बर ६ शेरीका ईश्वरसिँह महताले विहिबारदेखी नेपाल साईकल यात्राको सुरुवात् गर्नु भएको छ । जीवनमा केही गर्नुपर्छ भन्ने सोचाइ बोकेर महताले महाकाली नगरपालिका वडा नम्बर ४ बाट साईकल यात्रा सुरुवात् गर्नुभएको हो ।

७ नम्बर प्रदेश सुदूरपश्चिम अन्तरगत नौ ओटै जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरु देशभरी चिनाउने उद्देश्यका साथ विहीबार दिउँसो जिल्ला सदरमुकाम खलंगाबाट महताले साईकल यात्रा शुभारम्भ गरेका छन् । ७ नम्बर प्रदेश पर्यटकीय दृष्टिकोणले महत्पूर्ण प्रदेश भएपनि प्रचार प्रसारको अभावमा अन्य प्रदेशको तुलनामा सबैभन्दा पछाडि परेको भन्दै पर्यटकीय तथा धार्मिक स्थलहरुको प्रचारप्रसार गर्ने उद्देश्यले साईकल यात्रा सुरुवात् गरेको महताले बताउनुभयो ।

त्रीदेशीय सीमा क्षेत्रमा अवस्थित दार्चुला जिल्ला सदरमुकाम खलंगाबाट मेची–महाकाली अर्थात् नेपाल साईकल यात्रा सुभारम्भ गरेका उहाँले देशका ७७ ओटै जिल्ला सदरमुकाम पुग्ने बताउनुभएको छ । महताले यात्रामा ७ नम्बर प्रदेशका धार्मिक तथा पर्यटकीय स्थलहरुको फोटोसहित यात्रा शुरु गरेका हुन् । यसअघि दार्चुलाका कुनै पनि व्यक्तिले देशब्यापी साईकल यात्रा निकालेका छैनन् ।

महताले दार्चुला जिल्लाको अपि हिमाल, देशकै सातौँ धामको रुपमा चिनिने मालिकार्जुन मन्दिर, बैतडीको निङ्गलाशैनी मन्दिर, डडेल्धुराको उग्रतार मन्दिर, कञ्चनपुरको दोधारा–चाँदनी झोलुंगे पुल, बझाङको शुर्मा मन्दिर, बाजुराको बडिमालिका, अछामको बैद्यनाम मन्दिर, डोटीको शैल्यश्वरी मन्दिर र कैलालीको घोडाघोडी तालको फोटोसहित साईकल यात्रा निकालेको जानकारी दिनुभयो ।

७ नम्बर प्रदेश अन्तरगत ९ ओटै जिल्लाका धार्मिक तथा पर्यटकीय स्थलहरुको व्यानरसहित साईकल यात्रा शुरु गरेको छु, महताले भन्नुभयो पर्यटकीय तथा धार्मिक दृष्टिकोणले धनी देशको रुपमा चिनिने नेपालको समृद्धिका लागि पर्यटन क्षेत्रको विकास हुन आबश्यक ठानेको छु, मैले प्रतेक जिल्लामा पुगेर यहाँको धार्मीक पर्यटकिय क्षेत्रहरुको बारेमा जानकारी गराउँदा थोरै भएपनि योगदान पुग्ने अपेक्षा लिएको छु ।

जीन्दगीको आधा समय विदेशमै बिताएका ईश्वर महताले जन्मभूमि र देशको लागि केही गर्नपर्छ भन्ने भावना जागृत भएर साईकल यात्रा सुरुवात गरेको बताउनुभयो । भारतदेखि, साउदी अरेबिया, कतार जस्ता खाडी मुलकहरुमा वर्षाै बिताएर स्वदेश फर्किएका महताले राष्टप्रेम ठुलो हुने निष्कर्षमा पुगेर यात्रा शुभारम्भ गर्ने निधो गरेका हुन ।

करिब १३÷१४ वर्षको उमेरमा भारतमा कामको शिलशिलामा विदेशीएका महताले भारतमै करिब ९ वर्ष बिताएका थिए । कक्षा ५ पाँस गरेर उनी भारततिर कामको खोजीमा हिडेका थिए । उतीबेला कक्षामा पढ्न पनि किताबहरु पनि किन्नुपथ्र्यो, अहिले पो कक्षा १० सम्म निःशुल्क किताब पाइन्छ, किताव किन्न सक्ने मेरो पारिवारिक स्थिति थिएन उहाँले भन्नुभयो पढाइ छोडेर पैसा कमाउँने लक्ष्य बोकेर बाल्यकालमै बिदेशिनुपरेको अझै बिर्षेको छैन ।। सुन्तला बेचेरै प्राथमिक तहको शिक्षा हाँसिल गरेका महताले कक्षा ५ भन्दा माथि पढ्न सकेको छैनन् ।

भारतमा झण्डै ९ वर्ष बिताएका महताले करिब ४ वर्ष साउदी अरेयिबा र ३ बर्ष कतारमा काम गरेको बताउँनुभयो । नेपाल प्राकृतिक र धार्मिक दृष्टिकोणले धनी देश भएपनि लाखौ युवाहरु विदेशमा पसिना बगाई रहेको भन्दै ७ नम्बर प्रदेशका धार्मिक तथा पर्यटकीय क्षेत्रहरुबाट आफ्नो यात्रा सुरु भएको बताउँनुभयो । 

प्रतिकृया दिनुहोस

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

सारथी खबर, दार्चुला । दार्चुला लगायत प्रदेश नम्बर ७ सुदूरपश्चिममा बुढी पोल्ने पर्वको रौनक छाएको छ । हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी

बादी समुदायका बालबालिका आधारभुत शिक्षाबाट बञ्चित (फोटोफिचर)  

सारथी खबर, दार्चुला ।  शिक्षा पाउनु सबै बालबालिकाको मौलिक हक एबं नैसर्गिक अधिकार हो, अनिवार्य निःशुल्क आधारभुत शिक्षा राज्यको नारा छ । नेपालको

राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामी र राष्ट्रियताको सवाल

दार्चुला । राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामी र राष्ट्रियताको सवाल बिषयक एक दिने अन्तरक्रिर्या कार्यक्रमका बक्ताहरुले स्वर्गिय नेता धामीले