• १ मङ्सिर २०७५ शनिबार/ Saturday 11-17-2018
  • स्टुडियो टाईम : ०९:३३

माईखोला बाट विद्युत उत्पादन सुरु

इलामको माईखोलामा निर्माण भएको सुपरमाई हाइड्रोपावरले परिक्षण प्रसारण शुरु गरेको छ । आयोजनाले माईखोलाबाट ७ दशमलव ८ मेगावाट विद्युत उत्पादन गर्ने गरि परिक्षण प्रशारण शुरु गरको हो ।
आयोजनाबाट उत्पादन भएको बिजुली नेपाल विद्युत प्राधिकरणको गोदक सव स्टेशन सम्म पु¥याएर राष्ट्रिय ग्रीड प्रणालीमा जोडिने नेपाल विद्युत प्राधिकरण इलाम वितरण केन्द्रका प्रमुख रबिन घिमिरेले बताउनुभयो ।
२०७८ चैत्र मसान्तभित्र निर्माण कार्य सम्पन्न गर्ने योजना छ । पानी फर्काउनको लागि वाँध, इन्टेक, वालुवा थिगार्ने पोखरी (डिसेन्डर वेसिन), २ किलोमिटर लामो फलामे हेडरेस पाइप, सर्ज ट्याङ्क, १ सय ३३ दशमलव ३ मिटर लामो कुल हेड पाइप, विद्युत गृह, स्वीचयार्ड, ३३ केभि प्रसारण लाइन जस्ता संरचनाहरु निर्माण सम्पन्न गरि आयोजनाले बिहिबारबाट परिक्षण प्रशारण गरेको हो । 


साविक सुम्वेक गाविसमा बाँध बनाइएको यस आयोजनाको साविक बरबोटे गाविसमा पर्ने दुधाङ बेँसीमा विद्युत उत्पादन गृह रहेको छ । 
कम्पनीले आयोजनाको निर्माणको लागि २०७३ चैतबाट निर्माणको काम शुरु गरेको थियो ।
सुपरमाई जलविद्युत आयोजनाको निर्माण कार्य सम्पन्न गर्न १ सय ५० करोड रुपैयाँ खर्च भएको छ । यो आयोजना निर्माणको ठेक्का भूगोल इन्फास्ट्रचर कम्पानी लिमिटेडले लिएको थियो ।
 

प्रतिकृया दिनुहोस

निर्मला पन्त हत्या प्रकरण : एसपी डिल्लीराज विष्ट बर्खास्त

# राष्ट्रिय

८ कार्तिक, २०७५

सरकारले नेपाल प्रहरीका एसपी डिल्लीराज विष्ट र इन्स्पेक्टर जगदिश भट्टलाई बर्खास्त गरेको छ । सरकारले माग गरेको स्पष्टीकरणमा चित्तबुझ्दो जवाफ नदिएको

एसपी विष्टलाई बर्खास्त गर्न गृहमा सिफारिस

# राष्ट्रिय

४ कार्तिक, २०७५

निर्मला पन्त बलात्कार र हत्याको छानबिनमा लापरवाही गरेको भन्दै प्रहरी प्रधान कार्यालयले कञ्चनपुरका तत्कालीन प्रहरी उपरीक्षक डिल्लीराज विष्टलाई

खुकुरी प्रहार गरी युवकको हत्या

# राष्ट्रिय

४ कार्तिक, २०७५

मोरङको पथरीशनिश्चरे–८ काे शुक्रबारेमा गए राति एक युवकको हत्या गरिएको छ ।  शुक्रबार राति १० बजे १७ वर्षीय कृष्णबहादुर विष्टले पुरानो