• ३० असोज २०७५ मंगलबार/ Tuesday 10-16-2018
  • स्टुडियो टाईम : ०४:४९

मेचीनगर ३ को वडा कार्यालय उद्घाटन

मेचीनगर । 

मेचीनगर नगरपालिकाको वडानम्बर—३ को नवनिर्मित वडा कार्यालयको नगर उपप्रमुख मिना पोखरेल उप्रेतीले आज उद्घाटन गर्नुभएको छ । मेचीनगर नगरपालिका स्थानीय तह भएपछि नगरका १५ वटा वडामध्ये पहिलो पटक ३ नम्बर वडाको नयाँ भवन निर्माण भएको हो । 


स्थानीय तेजराज पोखरेल र भीमकुमारी पोखरेलले २ कठ्ठा, विन्दबहादुर भुजेल तथा सावित्रा भुजेलले १ कठ्ठा, मायादेवी फूयाँल र नेत्रकुमार फूयाँलले क्रमस १÷१ कठ्ठा गरी  करिव ३५ लाख रुपैयाँ मुल्य बराबरको कुल ५ कठ्ठा जग्गा नगरपालिकालाई वडा कार्यालय निर्माणका लागि निःशुल्क उपलब्ध गराएपछि करीव २५ लाख रुपैयाँँको लागतमा चारकोठे एकतले भवन निर्माण गरिएको हो  । 


वडाध्यक्ष हर्कबहादुर वस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा जग्गादाताहरुलाई सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथि समेत रहेकी उपप्रमुख उप्रेती, मेचीनगर नगरपालिकाको प्रमुख प्रशासकिय अधिकृत महेन्द्रकुमार खाम्याहाङ्ग, नगरपालिकाका प्रशासन प्रमुख अनन्तप्रकाश वस्ती, कार्यपालिका सदस्य कृष्ण कनाल लगायतले दोसल्लासहित अविर टिका र सम्मान पत्र प्रदान गरेका थिए ।

 

कार्यपालिका सदस्य टिकाराम मंग्रान्तीले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि उप्रेती र वडानम्बर ४ का वडाध्यक्ष नवीन वरालले बोलेका थिए । स्वागत वडा सदस्य निता थापाले गर्नुभएको थियो । कार्यक्रममा वडानम्बर १ का वडाध्यक्ष पासाङ्ग तामाङसहित विभिन्न वडाका वडा सदस्य, राजनीतिक दलका प्रमुख प्रतिनिधिको उपस्थिती रहेको थियो । 
 

प्रतिकृया दिनुहोस

जीवन ज्योतिको ३ सय प्रतिशतले मुनाफा वृद्धि

# स्थानिय

२३ असोज, २०७५

धुालबारी ।  जीवन ज्योति बचत तथा ऋण सहकारी संस्था आर्थिक बर्ष २०७४÷७५ मा ३ सय ३७ प्रतिशतले मुनाफामा वृद्धि गर्न सफल भएको छ । स्थापनाको २ बर्ष सम्म

मेचीनगरमा एक महिनका लागि फुटपथमा व्यवसाय गर्न दिने 

# स्थानिय

२३ असोज, २०७५

मेचीनगर । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर मेचीनगर नगरपालिकाले साना व्यवसायीलाई एक महिनाका लागि नगरपालिकाले तोकेको स्थानमा व्यवसाय गर्न दिने

नवज्योती सामुदायिक वनको ३५ हजार बढी घोटाला

# स्थानिय

२० असोज, २०७५

बुद्धशान्ती ।  झापाको बुद्धशान्ती गाँउपालिका ५ गुरासबस्तीमा स्थानीय क्षेत्रको विकासका लागि छुट्टिएको पैसामा घोटाला भएको छ । विकास निर्माणका लागि