बाटोबाटोमा ५०० रुपैयाँमा दुईटासम्म रेडिमेड कपडा पाइने जमानामा गाउँमा टेलरिङ सेन्टर सञ्चालन गरेर कसरी स्वावलम्बी बन्ने महिला ?

खगेश्वरा बुढा (ज्योती)

महिला सशक्तीकरणको ट्याग लगाएर आफ्नो ढुकुटी भर्ने नेपाली बजारमा छ्यापछ्यापती भेटिन्छन् । नेपालमा घरेलु तथा साना उद्योग कार्यालय, मेडेप जस्ता कार्यक्रम र अन्य  युएनडीपी, हेलभेटास जस्ता संस्थाले महिला सशक्तीकरण गर्ने भनेर सिलाई बुनाइ र ब्युटिसियनको तालिम दिँदै आएका छन् । तर, यस्ता कार्यक्रमका लागि पैसा खर्च गर्ने अन्तरराष्ट्रिय संस्था र यही कार्यक्रम माग गर्दै हिँड्ने र स्थानीय स्तरमा त्यसको संयोजन गर्ने गैरसरकारी सँस्था खास कुन उदेश्यले प्रेरित छन् भन्ने बहसको भने आवश्यकता छ । यो विषयमा वस्तुपरक छलफल महिला अधिकारकर्मीले मात्र गर्नुपर्छ भन्ने हाम्रो धारणा अझ बढी घातक हुने पक्का छ किनकि अधिकारकर्मीलाई पैसा कमाउने पेशा बनाएर हिँड्नेको ताँती सबैले देखेकै छौं । हामी सबैले यो विषयमा आ–आफ्नो ठाउँबाट हस्तक्षेपकारी भूमिका निर्वाह गर्नुपर्ने देखिन्छ । महिला अधिकार, सशक्तीकरण र चेतनाको कुरा गर्ने भेडाको छाला ओढेका ब्वाँसाहरुलाई कहिलेसम्म निरीह नेपाली महिलाहरुको नाममा शिकार गर्न दिइरहने ?
सर्वप्रथम महिला शसक्तिकरणलाई कुनै अरु नै कार्यक्रमको साइड इफेक्ट वा पैसा उठाउने ट्यागका रुपमा प्रयोग गर्ने प्रवृत्तिको हरेक तहबाट आलोचना हुनुपर्छ । हामी आम नागरिकले यो बुझ्नु आवश्यक छ कि विकासको नाममा आएको पैसा सरकारको, ठूला अन्तरराष्ट्रिय संस्थाको वा कुनै एनजीओको होइन । विकासको पैसा हाम्रो पैसा हो । हाम्रो नाममा उठेको पैसा हो र यसको उपभोग कसरी हुन्छ भन्ने कुरामा हाम्रो हक लाग्छ । यसको दुरुपयोग हुन लाग्दा त्यसको आलोचना गर्नु हाम्रो कर्तव्य हो ।
सामान्य प्रश्न– एउटै गाउँका ५० जना महिलाहरुलाई ब्युटी पार्लरको तालिम दिएर शीपयुक्त बनाएपछि कसले ब्युटीपार्लर खोल्ने र को उपभोक्ता बन्ने ? बाटोबाटोमा ५०० रुपैयाँमा दुईटासम्म रेडिमेड कपडा पाइने जमानामा गाउँमा टेलरिङ सेन्टर सञ्चालन गरेर कसरी स्वावलम्बी बन्ने महिला ?
बाङ्लादेशमा गरिएको एउटा रिसर्चले देखाएको छ कि व्यापारबाट आर्थिक अवस्था अलिकती सुदृढ हुने बित्तिकै पहिला आफैँ बजार गएर सामान बेच्ने महिलाहरुले स्वइच्छाले घरभित्र, पर्दा्िभत्र बस्ने निर्णय गरे । बाहिर हिँड्ने महिलालाई भन्दा घरभित्र बस्ने महिलालाई बङ्गलादेशी समाजले बढी इज्जत दिन्छ । हाम्रो समाज पनि त्योभन्दा धेरै फरक छैन । बंगलादेशको अनुभब र हाम्रै समाजको मनोबिज्ञानलाई नेपालका विकासकर्मीले स्वीकार्न सक्नुपर्छ । दुई चार पैसा आम्दानी गर्दैमा महिला सशक्तीकरण हुँदैन भन्ने बुझ्नु जरुरी छ । स्वयं महिलाहरुको मनोविज्ञानमा समेत पितृसत्तको जड माकुराको जालो जस्तै भएर बसेको छ । एउटा त्यान्द्रो अलिकति तानेर केही लछारपाटो लाग्दैन । यसका लागि संस्थागत भैसकेको भेदभावको पिल्लरलाई जगबाट नै हल्लाउन आवश्यक छ । तर, कसरी ? प्रश्न जटिल छ ।
तिमी छोरी मान्छे हौ, तिम्रो नैतिक दायरा यी यी हुन्’ भनेर भावनात्मक रूपबाटै कमजोर बनाउने परिवार पनि उत्तिकै जिम्मेवार छ । पितृ शासनले भौतिक तथा मनोवैज्ञानिक रूपबाट यसरी थिचोमिचो गरिरहेको छ कि एउटी युवतीले कहिल्यै आफूलाई सुरक्षित देख्दिन ।
योजनावद्ध ढङ्गमा शोषणका अनेकौं अवयवहरुमध्ये कुन खुट्टा पहिला भाँच्ने भनेर निश्चित गर्नु आवश्यक छ । अब यस्ता खेतीपातीका विरुद्ध योजनावद्ध रुपले अगाडि बढ्न आवश्यक छ । आयआर्जन गर्ने सीपमूलक तालिम नै दिने भए पनि परम्परागत रूपमा महिलाले गर्न नसक्ने भनिएका कामहरुमा महिलालाई अघि नल्याइकन समाजको सोच बदल्न असम्भव छ । र, यस्ता कार्यक्रम ‘ब्वाँसा’हरुले होइन कि महिला रोल मोडेलमार्फत सञ्चालन हुनुपर्छ ।
अब यी बेकामका सिलाई बुनाई, ब्युटी पार्लरका तालिम दिएर पैसा चोर्ने भाँडा त्याग्न जरुरी छ । महिला सशक्तीकरणको प्रश्न जटिल भए पनि पक्कै सम्भव प्रोजेक्टहरु छन् । यसतर्फ पो सरोकारवालाको ध्यानाकर्षण गर्ने हो कि ? फेरि पनि कार्यक्रमको निर्धारण गर्दा के चाहिँ भुल्नुहुँदैन भने पुरुषले मात्र गर्न सक्ने, महिलाले नसक्ने भनेर परिचय बनाएका काम नै महिलाहरुलाई सिकाउनुपर्छ ।
महिलालाई घरभित्रै राख्ने सोचलाई कामले, उदाहरणले नफेरिकन महिला सशक्तीकरण एकनाराको रुपमा मात्र रहिरहन्छ । अनि महिला सशक्तीकरणका लागि सक्रिय समाजसेवीहरु फेरि पनि केही गर्न नसक्ने छोरी फाल्न भुलेर जन्मेकोमा पछुतो मानिरहन्छन् । जुनदिन महिलाले पुरुषलाई र पुरुषले महिलालाई हिंसा गर्नुपर्छ भन्ने सिद्धान्तबाट हामी मुक्त हुन्छौं, त्यो समयदेखि हामी स्वतः हामीले कल्पना गरेको सधैं भनिने एक रथका दुई पाग्रा हुनेछौं भन्ने यो पंक्तिकारलाई लागिरहन्छ ।

प्रतिकृया दिनुहोस

बादी समुदायका बालबालिका आधारभुत शिक्षाबाट बञ्चित (फोटोफिचर)  

सारथी खबर, दार्चुला ।  शिक्षा पाउनु सबै बालबालिकाको मौलिक हक एबं नैसर्गिक अधिकार हो, अनिवार्य निःशुल्क आधारभुत शिक्षा राज्यको नारा छ । नेपालको

राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामी र राष्ट्रियताको सवाल

दार्चुला । राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामी र राष्ट्रियताको सवाल बिषयक एक दिने अन्तरक्रिर्या कार्यक्रमका बक्ताहरुले स्वर्गिय नेता धामीले

प्रेमसिह धामीको योगदान र सपना (२१ औ स्मृति दिवसको अवसरमा)

कालापानी हाम्रै हो, कालापानी काठमान्डौलाइ किन दुख्दैन (कालापानी नेपालको मुटु हो) भनेर सदनमै आवाज उठाउँने नेपालका एक सपुत, दार्चुलाको समाजिक, राजनीतिक