• ३० असोज २०७५ मंगलबार/ Tuesday 10-16-2018
  • स्टुडियो टाईम : ०४:१८

नवज्योती सामुदायिक वनको ३५ हजार बढी घोटाला

बाल विकास केन्द्र सञ्चालन हुदै आएको सामुदायिक भवन

बुद्धशान्ती । 
झापाको बुद्धशान्ती गाँउपालिका ५ गुरासबस्तीमा स्थानीय क्षेत्रको विकासका लागि छुट्टिएको पैसामा घोटाला भएको छ । विकास निर्माणका लागि स्थानीय नवज्योति सामुदायिक वनद्वारा छुट्टिएको रकम स्थानीय नरबहादुर थेवेले हिनामिना गरेको स्थानीयले बताए । 

 

४ बर्ष अघि नवज्योति सामुदायिक वनबाट गुराँसबस्तीको सहायक सडक निर्माणका लागि २० हजार विनियोजन भएको थियो । तर स्थानीय नरबहादुर थेवेले सो रकम मध्ये १५ हजार रुपैँया व्यक्तिगत प्रयोगमा खर्च गरेर सडक निर्माणका लागि नदिएको स्थानीय सविता शेर्पाले बताउनुभयो ।  


“४ बर्ष अघि छुट्टिएको हामी सबैलाई थाहा छ तर त्यो पैसा कँहा गयो अत्तोपत्तो छैन”, शेर्पाले भन्नुभयो । अहिले आफ्नै लगानीमा सो सहायक सडक ग्राभेलिङ गरेको अर्का स्थानीय सुमन राईले बताउनुभयो । 


“वनले ग्राभेलिङ गर्न पैसा छुट्याउँछ तर त्यो पैसा टाठाबाठाले खाँदा रहेछन” राईले भन्नुभयो “अन्तिममा आएर आफै बाटो बनाउनु परेको छ ।” आफु भन्दा अगाडीको कार्यकालमा सो सहायक सडकका लागि रकम छुट्टिएको नवज्योती सामुदायिक वनका अध्यक्ष शेरबहादुर रायाले बताउनुभयो । तत्कालिन वन समितिले थेवेकै हातमा सडक निर्माणका लागि सो रकम दिएको थियो । 


पूर्व जनप्रतिनिधि समेत रहेका थेवे हाल स्थानीय गुराँसबस्ती कै सामुदायिक भवनमा सञ्चालित बालविकास केन्द्र सञ्चालक समितिका अध्यक्ष समेत हुनुहुन्छ । सो बाल विकास केन्द्रका लागि समेत सोही वनबाट ७.२५ कि.वि. काठ सहयोग आएकोमा हाल सो काठ समेत बालविकास केन्द्रका लागि प्रयोग गरिएको छैन । बर्षेनी स्थानीय वनबाट काठहरु सहयोग स्वरुप आएपनि सो काठहरु बाल विकास केन्द्रमा प्रयोग नभएको अर्का स्थानीय मन सेरेङले बताउनुभयो । 


नवज्योति सामुदायिक वनको रेकर्र्डमा ७.२५ किवि काठ २०७५ साल असार ३२ गते बाल विकासका लागि दिइएको देखिन्छ । सो काठको मुल्य हालको चलन चल्तीको मुख्य अनुसार २० हजार भन्दा बढी हुन जान्छ । ४ बर्ष अघिको १५ हजार र सो २० हजार गरी स्थानीय थेवेले ३५ हजार पचाएको स्थानीय बासीको दाबी छ ।  नवज्योती सामुदायिक वन उपभोक्ता समितिले समेत वनबाट लगिएका विभिन्न किसिमका सहयोगहरु कँहा गयो सोधिखोजी गर्ने गरेको छैन ।


तर सो काठका साथै पैसा आफुले हिनामिना गरेको कुरा झुटो भएको थेवेको भनाई छ । स्थानीय बासीले आफु माथि गलत आरोप लगाएको थेवेको दाबी छ । 
 

प्रतिकृया दिनुहोस

मेचीनगर ३ को वडा कार्यालय उद्घाटन

# स्थानिय

२४ असोज, २०७५

मेचीनगर ।  मेचीनगर नगरपालिकाको वडानम्बर—३ को नवनिर्मित वडा कार्यालयको नगर उपप्रमुख मिना पोखरेल उप्रेतीले आज उद्घाटन गर्नुभएको छ । मेचीनगर

जीवन ज्योतिको ३ सय प्रतिशतले मुनाफा वृद्धि

# स्थानिय

२३ असोज, २०७५

धुालबारी ।  जीवन ज्योति बचत तथा ऋण सहकारी संस्था आर्थिक बर्ष २०७४÷७५ मा ३ सय ३७ प्रतिशतले मुनाफामा वृद्धि गर्न सफल भएको छ । स्थापनाको २ बर्ष सम्म

मेचीनगरमा एक महिनका लागि फुटपथमा व्यवसाय गर्न दिने 

# स्थानिय

२३ असोज, २०७५

मेचीनगर । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर मेचीनगर नगरपालिकाले साना व्यवसायीलाई एक महिनाका लागि नगरपालिकाले तोकेको स्थानमा व्यवसाय गर्न दिने