तीन सभापति निर्विरोध

सारथी खबर, दार्चुला ।
राष्ट्रियसभाको ४ वटा बिषयगत समिति मध्ये ३ वटाको सभापति निर्विरोध हुने भएको छ । समितिको सभापतिको लागि ३ जनाको मात्रै उम्मेदवारी परेपछि निर्विरोध पक्कापक्की भएको हो ।
राष्ट्रियसभा विधायन व्यवस्थापन समितिको सभापतिमा परशुराम मेघी गुरुङले मात्र उम्मेदवारी दिनुभएको छ । राष्ट्रिय सरोकार तथा समन्वय समितिको सभापतिमा दिलकुमारी रावल थापाले नाम दर्ता गराउनु भएको छ । प्रत्यायोजित व्यवस्थापन तथा सरकारी आश्वासन समितिको सभापतिमा रामनारायण बिडारीको मात्र उम्मेदवारी परेको छ ।

उहाँहरु तीनै जना नेपाल कम्युनिष्ट पार्टीका हुनुहुन्छ ।  दीगो विकास तथा सुशासन समितिको सभापतिमा भने कसैको पनि उम्मेदवारी परेको छैन । राष्ट्रियसभाको ३ वटा बिषयगत समितिमा सभापतिको लागि निर्धारित समयमा १(१ जनाले मात्रै नाम दर्ता गराएको सचिव राजेन्द्र फुयाँलले जानकारी दिनुभयो । विषयगत समितिका सभापतिको निर्वाचन बुधबार हुँदैछ ।
 -जनता समाचारबाट
 

प्रतिकृया दिनुहोस

असोज २, ३ र ४ गते तीन दिन संविधान दिवस

सारथी खबर, दार्चुला । सात दशक लामो संक्रमणकालको अन्त्य गर्दै संविधानसभाबाट नयाँ संविधान जारी भएको दिनको सम्झनामा असोज २, ३ र ४ गते तीन दिन संबिधान

५१ किलोग्राम अवैध सतुवासहित दुई जना पक्राउ

रेडियाे दार्चुला, दार्चुला । दार्चुलामा ५१ किलोग्राम अवैध सतुवा सहित दुई जना पक्राउ परेका छन । पक्राउ पर्नेमा दार्चुलाको ब्याँस गाउँपालिका वडा

दार्चुलाबाट छुटेकाे बस डोटीमा दुर्घटना : २८ घाइते, १५ गम्भीर

डोटी : दार्चुलाबाट महेन्द्रनगरका लागि छुटेकाे बस डोटीकाे जोरायल गाउँपालिका–२ छतिवनमा दुर्घटना हुँदा २८ जना घाइते भएका छन्। घाइतेमध्ये १५ जनाको