• २४ मङ्सिर २०७५ सोमबार/ Monday 12-10-2018
  • स्टुडियो टाईम : ०६:०६

तारापुञ्जको ११ औँ साधारणसभा

चारआली । 
तारापुञ्ज बचत तथा ऋण सहकारी संस्था मेचीनगर १३ चारआलीको ११ औं वार्षिक साधारणसभा सम्पन्न भएको छ । संस्थामा आवद्ध विभिन्न व्यक्तिहरुलाई सम्मान गर्दै साधारणसभा सम्पन्न भएको हो । 

साधारणसभामा विभिन्न विधामा उत्कृष्ट ८ जनालाई सम्मान गरिएको छ । सम्मानित हुनेहरुमा उत्कृष्ट बचतकर्ताको रुपमा मेचीनगर १३ का अशोक तामांग, मिना पराजुली, उत्कृष्ट ऋणि विनोद मेचे, मोहन गुरुंग, उत्कृष्ट उद्यमशिल महिला तारामाया मोक्तान, उत्कृष्ट बाल बचत गोकर्ण न्यौपाने, उत्कृष्ट कर्मचारी टिका पनेरु (संगीता),संस्थापक सम्मान उत्तमकुमार पौडेल रहेको छन् । 

३ लाख २० हजार शेयर पँुजीबाट शुरु भएको सहकारीले १० वर्षको अवधिमा ४१ लाख ३० हजार १ सय रुपैयाँ शेयर पुर्याउन सफल भएको संस्थाको अध्यक्ष लेखनाथ पौडेल (केशव) ले अध्यक्षको प्रतिवेदन मार्फत जानकारी दिनुभयो ।

आर्थिक वर्ष २०७४।७५ मा उल्लेख्य रकम वृद्धि भई ५३ लाख ५८ हजार ५ सय पु्र्याउन सफल भएको उँहाले बताउनुभयो । संस्थाले आर्थिक वर्ष २०७४।७५ मा १२ करोड ९३ लाख ७७ हजार ३ सय २८ बराबर कारोबार गरेको छ । संस्थालाई हाल ३ करोड १६ लाख १० हजार १ सय ४६ रुपैयाँ बचत गर्न सफल भएको अध्यक्ष पौडेलले बताउनुभयो । 

संस्थाले हाल सदस्य विस्तार , सदस्य शिक्षा तथा तालिम कार्यक्रम, कालिका आधारभूत विद्यालयका विद्यार्थीहरुलाई ५० थान स्वीटर वितरण, सहकारीका लागि आवश्यक निर्देशिकाहरुको निर्माण, एम्बुलेन्स सेवा सञ्चालन लगायतको कार्यक्रम सञ्चालन गरेको पौडेलले बताउनुभयो । मेचीनगर नगरपालिकाका उपप्रमुख मिना पोखरेल उप्रेतीको प्रमुख आतिथ्यमा कार्यक्रम सम्पन्न भएको थियो ।

कार्यक्रममा मेचीनगर १३ का वडा अध्यक्ष कृष्ण सिग्देल, हिमालयन सहकारीका अध्यक्ष अनन्तप्रकाश वस्ती, वन उपभोक्ता महासंघकी केन्द्रीय सदस्य संगीता थापा, हातेमालो सामुदायिक वन उपभोक्ता समितिको उपाध्यक्ष चन्द्र सिग्देल, संस्थापक अध्यक्ष लिलाप्रसाद भण्डारी, लेखा संयोजक अर्जुन खनाल, संस्थाका व्यवस्थापक मोहन अधिकारी लगायतले बोलेका थिए ।

उपाध्यक्ष मुक्ति प्याकुरेलले स्वागत गरेको कार्यक्रमको सञ्चालन सचिव महेन्द्र विलास लुइँटेलले गर्नुभएको थियो । कार्यक्रम लेखनाथ पौडेलको सभापतित्वमा सम्पन्न भएको थियो । 
 

प्रतिकृया दिनुहोस

महाअभियानको पहिलो चरणमा २० लाख बढी बचत 

# स्थानिय

१० मङ्सिर, २०७५

सडक दुर्घटना न्यूनीकरण महाअभियान अन्तर्गत पहिलो चरणमा सम्पन्न कार्यक्रम बाट २० लाख ६० हजार भन्दा बढी बचत भएको छ ।  विर्तामोडमा एक कार्यक्रमको

युनिकम नेपालको मोरङ जिल्ला सम्योजकमा प्रह्लाद राउत चयन

# स्थानिय

९ मङ्सिर, २०७५

व्यापार क्षेत्रमा काम गर्ने श्रमिकहरुको सँगठन युनियन अफ कमर्स इम्प्लोइज युनिकम नेपालको सम्भाब्यता अध्यायन बैठक शनिबार बिराट नगर मा सम्पन्न भएको छ

नमुना बन्दै हल्दीबारी

# स्थानिय

५ मङ्सिर, २०७५

झापाका १५ वटा स्थानिय तह मध्ये हल्दीबारी गाउँपालिका उदाहरणिय बनेको छ । व्यवहारिक र जनमुखी कार्यक्रम ल्याएकै कारण हल्दीबारी उदाहरणिय बनेको हो ।