• ३० असोज २०७५ मंगलबार/ Tuesday 10-16-2018
  • स्टुडियो टाईम : ०४:१६

कालिकाको २३ औँ साधारणसभा सम्पन्न

मेचीनगर । 
कालिका सामुदायिक वन उपभोक्ता समिति मेचीनगर ११ र १२ को २३ औं वार्षिक साधारण सभा सम्पन्न भएको छ ।
शनिबार संस्थाको कार्यालय परिसरमा मेचीनगर ११ धाइजनमा साधारण सभा सम्पन्न भएको हो ।

साधारण सभामा प्रतिवेदन प्रस्तुत गर्दै सामुदायिक वनका अध्यक्ष योगेश भट्टराईले वैज्ञानिक वन व्यवस्थापन अन्तर्गत ८० वर्षे दीर्घकालीन कार्ययोजना बनाई ८ ब्लकको निर्माण गरी एउटा ब्लकमा १० वर्षे कार्ययोजना तयार पारिएको बताउनुभयो ।

जिल्ला वन कार्यालय झापाको सहयोगमा वन डँडेलो नियन्त्रण, वन्यजन्तु संरक्षण र चोरी निकासी नियन्त्रण गर्नका लागि फलामको ३४ उचाई रहेको मच्चान निर्माण भइरहेको समेत जानकारी दिनुभयो । सीमसार तथा पर्यापर्यटन क्षेत्रमा जिल्लाकै उत्कृष्ट पर्यटकीय क्षेत्र बनाउनका लागि अहिलेको समिति लागि परेको उनले जानकारी दिनुभयो ।

कार्यक्रममा प्रमुख अतिथि प्रतिनिधि सभा सदस्य कुमारी मेचे, मेचीनगर कार्यपालिका सदस्य पूर्ण मेचे, आदर्श नमुना सामुदायिक वन समूहका अध्यक्ष तिलक रिजाल, मेचीनगर १२ का वडा अध्यक्ष नरेन्द्र धिमाल, बाँसबारी सामुदायिक वनको सचिव अम्बिका देवी प्रसाईलगायतको आतिथ्यता रहेको थियो । संस्थाका अध्यक्ष योगेश भट्टराईको सभापतित्व तथा सशीकला लिम्बुको स्वागत रहेको कार्यक्रमको सञ्चालन सचिव विसु मेचेले गर्नुभएको थियो ।
 

प्रतिकृया दिनुहोस

मेचीनगर ३ को वडा कार्यालय उद्घाटन

# स्थानिय

२४ असोज, २०७५

मेचीनगर ।  मेचीनगर नगरपालिकाको वडानम्बर—३ को नवनिर्मित वडा कार्यालयको नगर उपप्रमुख मिना पोखरेल उप्रेतीले आज उद्घाटन गर्नुभएको छ । मेचीनगर

जीवन ज्योतिको ३ सय प्रतिशतले मुनाफा वृद्धि

# स्थानिय

२३ असोज, २०७५

धुालबारी ।  जीवन ज्योति बचत तथा ऋण सहकारी संस्था आर्थिक बर्ष २०७४÷७५ मा ३ सय ३७ प्रतिशतले मुनाफामा वृद्धि गर्न सफल भएको छ । स्थापनाको २ बर्ष सम्म

मेचीनगरमा एक महिनका लागि फुटपथमा व्यवसाय गर्न दिने 

# स्थानिय

२३ असोज, २०७५

मेचीनगर । नजिकिँदै गरेका चाडपर्वलाई लक्षित गरेर मेचीनगर नगरपालिकाले साना व्यवसायीलाई एक महिनाका लागि नगरपालिकाले तोकेको स्थानमा व्यवसाय गर्न दिने