दार्चुलामा निर्मला हत्याकान्डको बिरोध

सारथी खबर, दार्चुला ।
निर्मला हत्याकाण्डको छानबीन र दोषीलाई कारबाहीको माग गर्दै दार्चुलामा शान्ति पूर्ण र्यालीको आयोजना गरीएको छ । प्याब्सन दार्चला र दार्चुला युथ ग्रुपको आयोजनामा श्रद्धाञ्जली सभा र शान्तिपूर्ण र्यालिको आयोजना गरीएको हो । 
गत साउन १० गते कञ्चनपुरको भीमदत्त नगरपालिकामा बलात्कारपछि हत्या गरिएकी १३ वर्षिय निर्माला पन्तको हत्याबारे छानबीन र दोषीलाई कडा कारबाही हुनुपर्ने माग राख्दै हातमा कालोपट्टि बाधेर बिरोध स्वरुप शान्तिपूर्ण र्यालिको आयोजना गरीएको हो ।
निजि तथा सामुदायिक बिद्यालयहरुको छाता संगठन प्याब्सन र दार्चुला युथ ग्रुपले महिलाहरुलाइ न्याय र सम्मान दिऔ, निर्मलालाइ न्याय दिलाऔ लगायतका नारा लेखीएको ब्यानर र प्लेकार्डहरु प्रदर्शन गरेर हत्याको बिरोध र न्यायको माग गरेका छन । उनिहरुले प्रहरी प्रशासनले गरीरहेको दमन रोकेर निष्पक्ष छानबिन गर्न माग समेत गरेका छन । 
र्यालि तथा श्रद्धाञ्जली सभामा दार्चुला जिल्ला सदरमुकाममा सञ्चालित एसिएन एकेडेमी, अक्सफोर्ड एकेडेमी, महेन्द्र नमुना माबि, पशुपति शिक्षा मन्दीर, अम्टीकर पब्लीक स्कुल, बसन्त भ्याली पब्लीक स्कुल, दिब्य गुरुकुल एकेडेमी र न्यू मोडर्न स्कुल गरी ८ ओटा बिद्यालयका झन्डै एक हजारको संख्यामा शिक्षक बिद्यार्थीहरुको सहभागिता रहेको थियो ।   
निर्मला पन्तको हत्याकाण्डलाई गम्भिरता पूर्वक लिन र महिलाहरुलाइ सम्मान गर्न सन्देश दिने उदेश्यले र्यालिको आयोजना गरीएको प्याब्सन दार्चुलाका अध्यक्ष प्रबेश प्रताप ऐतवालले जानकारी दिनुभयो । 
श्रद्धाञ्जली सभाबाट मृतक निर्मला पन्तको वास्तबिक हत्यारापत्ता लगाइ कडा भन्दा कडा कारबाहीको माग गरीएको प्याब्सन दार्चुलाले जनाएको छ । साथै न्याय माग्न गएको बेला प्रहरीको गोलि लागि मृत्यु भएका किशोर सनि खुना प्रती समेत श्रद्धाञ्जली अर्पण गरिएको अध्यक्ष ऐतवालले जानकारी दिनुभयो । 

प्रतिकृया दिनुहोस

सुदूरपश्चिममा बुढी पोल्ने पर्व मनाइँदै

सारथी खबर, दार्चुला । दार्चुला लगायत प्रदेश नम्बर ७ सुदूरपश्चिममा बुढी पोल्ने पर्वको रौनक छाएको छ । हरेक वर्ष असोज संक्रान्तिका दिन मनाइने बुढी

बादी समुदायका बालबालिका आधारभुत शिक्षाबाट बञ्चित (फोटोफिचर)  

सारथी खबर, दार्चुला ।  शिक्षा पाउनु सबै बालबालिकाको मौलिक हक एबं नैसर्गिक अधिकार हो, अनिवार्य निःशुल्क आधारभुत शिक्षा राज्यको नारा छ । नेपालको

राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामी र राष्ट्रियताको सवाल

दार्चुला । राष्ट्रवादी नेता स्वर्गिय प्रेमसिह धामी र राष्ट्रियताको सवाल बिषयक एक दिने अन्तरक्रिर्या कार्यक्रमका बक्ताहरुले स्वर्गिय नेता धामीले